लकडाउनका कारण राेकिएकाहरू आफ्नो घरमा जान पाउने, भाेली र पर्सी खुला

४ बर्ष अगाडि

सरकारले लकडाउनका कारण रोकिएकाहरुलाई गन्तव्यतर्फ जान  २ दिनको समय दिएको छ । 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले भोली र पर्सि काठमाडौंमा रोकिएकाहरुलाई घर जान दिने निर्णय गरेको हो । 

११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थालेका छन् ।

लकडाउन अझै लम्बिने अवस्था आयो भने दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने भएकाले सरकारले गाउँ र्फकन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङकाअनुसार लामो दुरीको रुटमा सरक्षाकर्मीले स्कटिङ गरेर लैजानेछ भने छोटो दुरीको हकमा कसरी लैजाने भन्ने याेजना बनाउन अहिले गृह मन्त्रालयमा सरोकारवालाहरूको बैठक बसिरहेको छ।

गृह प्रवक्ता केदारनाथ शर्माका  अनुसार कसरी पठाउने भन्नेबारे छलफल चलिरहेकाेले साँझसम्म मोडालिटी तयार हुने छ । 

त्यसका लागि सरकारले स्थानीय तहसँग समन्वय गरेर नागरिकहरूलाई फिर्ता पठाउने तयारी सरकारकाे छ।

चैत ११ गतेदेखि एक हप्ताका लागि गरिएको लक डाउनको समय अहिले तीन हप्ता पुर्‍याइएपछि धेरै मानिसहरू काठमाडौंबाट हिँडेरै गन्तव्यमा गइरहेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया