परराष्ट्रमन्त्री र साउदी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

४ बर्ष अगाडि

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले साउदी अरेबिया अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन परहान अल सउदसँग आज टेलिफोन वार्ता गरेका छन ।

प्रत्युत्तरमा साउदी राजकुमारले आफ्ना नागरिकसरह नेपाली कामदारलाई स्वास्थ्य सेवा प्रदान गरिएको र उनीहरुको रोजगारी तथा सुरक्षाप्रति आश्वास्त पारे । उनले नेपाली श्रमिकको इमानदारी, लगनशीलता, परिश्रम र विनम्रताको प्रशंसा गरे ।

ठूलो सङ्ख्यामा साउदी अरेबियामा रहेका आप्रवासी नेपाली श्रमिकले त्यहाँको आर्थिक उन्नयन उल्लेखनीय योगदान गर्दै आएका छन् जसले दुई देशबीचको सम्बन्धलाई सुदृढ तुल्याएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया