मध्यरातमा नेविसंघको महाधिवेशन मिति ताेकियाे

५ बर्ष अगाडि

काठमाडौं–  ने नेपाल विद्यार्थी संघ (नेविसंघ)को महाधिवेशन आगामी कात्तिक १६,१७ र १८ गते गर्ने तय भएको छ । नेविसंघको गएराती सम्पन्न केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तय गरेको  हो । 
नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले पार्टी केन्द्रीय कार्यालय सानेपामा गएराती सम्पन्न केन्द्रीय समितिको बैठकले कात्तिक १६,१७ र १८ गते महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिए । 

बैठकले अध्यक्षसहित उपाध्यक्ष र महामन्त्रीको ६ सदस्यीय समितिले केन्द्रिय समितिमा उठेका विषयहरु समेटेर सबैसँग  समन्वय गरि भदौ २७ गतेभित्र संघको संसोधित विधान नियमावली –२०७५  पार्टीलाई बुझाउने निर्णय पनि गरेको छ । 

विधान नियमावली पार्टीबाट अनुमोदन भएपछि क्याम्पस र  जिल्लाहरुमा केन्द्रिय प्रतिनिधि खटाउँदै सम्बन्धित अधिवेशनहरु सम्पन्न गरिने तय भएको छ । 
जसअनुसार  असोज ७ गते देशैभरका मावि र क्याम्पस अधिवेशन, असोज १२ गते गाउँपालिका , उप– महा–नगरपालिका अधिवेशन,  असोज १५ गते  प्रदेश क्षेत्र अधिवेशन,  असोज २१ गते ७७ वटै जिल्लामा जिल्ला अधिवशन, ( असोज २३ गते उपत्यकाभित्रका क्याम्पस अधिवेशन,  कात्तिक १० र ११ गते  ७ वटै प्रदेशको अधिवेशन सम्पन्न गर्ने तय भएको छ।  

 

५ बर्ष अगाडि

प्रतिक्रिया