समयमै स्थापना नगर्ने र ग्याँस नउठाउने ५० ग्याँस उद्योगको अनुमति खारेज

४ बर्ष अगाडि

खाना पकाउने ग्याँस उद्याेग स्थापना गर्ने भनेर  लामो समयदेखि अनुमति लिएर राख्ने र  ग्यास उठाउने गरी पीडीओ लिन नआउने  ५०  उद्योगका अनुमतिपत्र सरकारले खारेज गरिदिएको छ । 

विभिन्न मितिमा अनुमतिपत्र लिएर निर्माणको प्रक्रिया नै सुरु नगरेका र ग्यास बोटलिङमा ढिलाई गरिरहेको भन्दै नेपाल आयल निगमले ५०  उद्योगको अनुमतिपत्र खारेज गरेको हो । 

उनीहरुले अनुमति अनुरुप तोकिएको समयभित्र उद्योग सञ्चालनमा ल्याउन नकसेको मात्रै होइन अनुमतिपत्र विक्री वितरण गरेर विकृति निम्त्याएको समेत निगमको ठहर छ । 

खारेज हुने उद्योगहरु २०७१ माघ १४ भन्दा पछाडी अनुमति लिएका उद्योग हुन् । त्यसअघि अनुमति लिएका उद्योग भने निगमले यसअघि नै खारेज गरिसकेको जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया