रसुवामा पनि ९ जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अगाडि

काठमाडौं । हालसम्म कोरोनाको संक्रमण नदेखिएको रसुवामा पनि संक्रमण पुष्टि भएको छ ।  

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले रसुवाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । 

उनका अनुसार संक्रमितमा ८ महिला र एक पुरुष रहेका छन् ।  योसँगै नेपालका ७७ वटै जिल्लामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

शनिबारको अद्यावधिक विवरणअनुसार नेपालमा कूल संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया