काठमाडौं उपत्यकामा थप १४ जनामा कोरोना संक्रमण

३ बर्ष अगाडि

काठमाडौँ उपत्यकामा आज थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

 राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका दुई पुरुष र भक्तपुरका एक महिलामा संक्रमण पुष्टि भएको हो।

पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँकी एक महिला र ललितपुरका एक पुरुषमा संक्रमण देखिएको हो।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका ४ महिला र ५ पुरुषमा संक्रमण देखिएको हो।

३ बर्ष अगाडि

प्रतिक्रिया