तुलसीपुरका उपलब्धिः हवाईसेवा, बसपार्क, अटोभिलेज र मेट्रो कलेज

असार २५, २०७७ | आजको अर्थ
ajaako_artha

दाङको तुलसीपुर उपममहानगरपालिकाले तीन वर्षका अवधिमा लामो समयदेखि बन्द हुने र खुल्ने गरेको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन गरेको छ ।  यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तीन वर्षमा तुलसीपुरमा आधुनिक बसपार्क निर्माण, पातुखोलामा नमूना अटोभिलेज र  तुलसीपुर बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज) सञ्चालनलगायत गौरवका आयोजना पूरा भएको जानकारी दिए ।  
  
प्रमुख पाण्डेका अनुसार यसबीचमा खरको छाना हटाउने र  सुत्केरी भत्ता उपलब्ध गराउने कार्यक्रम पनि सम्पन्न भएको छ ।  अहिलेसम्म उपमहानगरपालिकाले ७५० खरका छाना हटाएको छ  । उनका अनुसार अहिले पञ्जीकरण, युवा क्षेत्र, आधुनिक बसपार्क निर्माणमा नगर उत्कृष्ट हुन सफल भएको छ ।  उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि,सिंचाइ र विद्युत् विस्तारमा पनि उल्लेख्य काम गरेको उनको भनाइ छ । 

स्वास्थ्यमा तीन वर्ष
 
उपमहानगरपालिकाले तीन वर्षमा तीन हजार पाँच सय जनालाई सुत्केरी भत्ता उपलब्ध गराएको छ ।  त्यस्तै उपमहानगरपालिकाका १९ वटै वडामा स्वास्थ्य संस्था पुगेका छन् । 

साथै पहाडी क्षेत्र वडा नं ३ र १९ मा दुईदुई स्वास्थ्य संस्था छन् । तुलसीपुरमा रक्तसञ्चार केन्द्र, राप्ती प्रादेशिक अस्पतालमा डायोलासिस सेवा र  स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा दिन थालिएको उहाँले बताउनुभयो । त्यस्तै उपमहानगरपालिकामा मोतिविन्दुमुक्त गर्नका लागि निःशुल्क शल्यक्रिया सेवा तथा राप्ती आँखा अस्पताल, राप्ती प्रादेशिक अस्पताल र दुई आयुर्वेद अस्पतालमा पूर्वाधार निर्माणको काम अघि बढेको छ । साथै बेलझुण्डीस्थित कोरोना विशेष अस्पताललाई एकीकृत स्वास्थ्य अस्पतालका रुपमा विकास गर्ने गरी तयारी गरिएको उनको भनाइ छ ।  यस्तै उपमहानगरपालिकाभित्र विद्यालयलाई समायोजन गर्ने काम अघि बढेको छ । अहिलेसम्म  ३२ विद्यालय समायोजन गरिएको प्रमुख पाण्डेको भनाइ छ । 

तुलसीपुर स्पोर्ट सिटी 

उपमहानगरपालिकाले तुलसीपुरलाई स्पोर्ट सिटीका रुपमा विकास गरेको छ । बेलझुण्डीमा अन्तरराष्ट्रिय रङ्गशाला निर्माण भएको र बाँकी संरचना निर्माणको काम भइरहेको प्रमुख पाण्डेले बताए  । 

एक वडा÷एक खेल मैदानको अबधारणालाई अघि बढाइएकोसमेत उनको भनाइ छ । 

प्रविधिमैत्री उपमहानगर 
 
उपमहानगरपालिकालाई प्रविधिमैत्री बनाउने योजना अघि सारिएको छ । आगामी साउनदेखि ‘क्यासलेस र पेपरलेस’ बनाइने प्रमुख पाण्डेले बताए । उनका अनुसार बैंकबाट मात्रै कारोवार गरिने  र बैंकमा उपमहानगरपालिकाको काउन्टर स्थापना गरिने बताए  । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८