लगानीको नयाँ अवसरः माउण्टेन इनर्जीले पायो आईपीओ निष्काशनको अनुमति

३ बर्ष अगाडि

काठमाडौं – आइपीओ निष्काशनका लागि माउण्टेन इनर्जी नेपालले अनेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले बिहीबार बोर्डबाट आईपीओ रू. ३९ करोड ३६ लाख ५ हजार ४०० बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको हो । 
कम्पनीले आईपीओ निष्काशनका लागि यस अघि नै नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रवन्धकमा नियुक्ती गरिसकेको छ । 
कम्पनील कुल आईपीओ मध्ये आयोजना प्रभावित स्थानियका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर छुट्टाएको छ । जसअनुसार सर्वसाधारणले १९ लाख ६८ हजार २७ कित्ता पाउनेछन् । 
अव आवश्यक प्रक्रिया पुरा गरेर आईपीओको बिक्री खुल्ला गरिने बताइएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया