कारोबारको तेस्रो घण्टासम्म आउदा ओरालो लाग्यो नेप्से

३ बर्ष अगाडि

 आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको तेस्रो घण्टामा ४.२०  अंकले ओरालो लागेको छ ।

कारोबार सुरुबाटै उकालो  यात्रा तय गरेको परिसूचक तेस्रो घण्टाको अन्तिम सम्म आउँदा ४ अकंले ओरालो लागेको हो ।

आज १३४२.४९ को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा १३३५.५७ को बिन्दुमा पुगेको छ । 

आज ११ बजे को  १३४२.४९ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०.३१ प्रतिशतले घटेको  छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ४ वटा उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १८२ कम्पनीको २८ लाख  ९५ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ७८ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 
 

३ बर्ष अगाडि

प्रतिक्रिया