नेपाल इन्भेष्टमेन्ट बैंक अन्तर्राष्ट्रिय वित्तीय निगमबाट सम्मानित

साउन १७, २०७७ | आजको अर्थ
ajaako_artha

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआइबीएल) अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी)बाट ‘सर्वश्रेष्ठ साझेदार–२०१९, कम आय भएका आइडीए देशहरू, दक्षिण एशिया’बाट पुरस्कृत भएको छ ।

विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्तीय निगम (आइएफसी)बाट ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी)अन्तर्गत नेपालबाट सर्वाधिक परिणामको व्यापार लगानीका लागि ‘सर्वश्रेष्ठ साझेदार–२०१९, कम आय भएका आइडीए देशहरू, दक्षिण एशिया’ का रुपमा एनआइबीएलले उक्त सम्मान प्राप्त गरेको हो । 

आइएफसीले नेपालको व्यापार लगानी (ट्रेड फाइनान्स)को प्रबद्र्धनका लागि नेपाल इन्भेष्टमेन्ट बैंकसँग साझेदारी गरेको छ । जसबाट बैंकले स्थानीय उद्यमीहरूका लागि सहयोग बढाउन सकेको र अन्तर्राष्ट्रिय व्यापारका अवसरहरू वृद्धिमा सहयोग पु¥याउन सकेको छ । आइएफसीको व्यापार लगानी (ट्रेड फाइनान्स) सहयोगले देशका ठूला (कर्पोरेट)र साना तथा मझौला उद्यम क्षेत्रलाई उनीहरूको विश्वव्यापी व्यापारको हिस्सा बढाउनका साथै विश्वव्यापी अभिकर्ता बैंकहरूको फराकिलो दायराबाट मान्यता पाउन सक्षम तुल्याउँछ ।

यो सञ्जाल (नेटवर्क)ले चुनौतीपूर्ण बजारहरूमा कारोबारको सुविधा उपलब्ध गराउँछ । प्रतिस्पर्धात्मक लगानीलाई प्रबद्र्धन गर्छ र अभिकर्ता बैंकका लागि कम जोखिममा नयाँ प्रतिष्ठानहरूसँगको सम्बन्ध निर्माण गर्छ ।

अन्तर्राष्ट्रिय विकास संघ चरम विपन्नताको अन्त्य र साझा समृद्धि बढाउनका लागि निरन्तर संलग्न छ । विश्वकै तीव्र वृद्धि भइरहेको क्षेत्र दक्षिण एसियामा दिगो र समावेशी विकास, मानव पुँजी विकास तथा बहनशीलताका लागि यो महत्वपूर्ण छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८