अर्बौं बराबरको सम्पत्ति एकै झट्कामा स्वाहा !

६ बर्ष अगाडि

काठमाडौँ । मध्यम आय भएका करिब ४ लाख लगानीकर्ताको अर्बौ बराबरको सम्पत्ति एकै झट्कामा स्वाहा भएको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले शेयर बजारलाई अनुत्पादक भनेको भन्दै गलत हल्ला फैलाएका कारण शेयर बजारमा लगानी गरेर मध्यम आय भएका नागरिकको अर्बौ बराबरको सम्पत्ति स्वाहा भएको हो । आइतबार ४७ अर्ब रुपैयाँ एकै झट्कामा घाटा भएको बजारमा सोमबार पनि करिब २० अर्ब बराबरको घाटा भएको छ ।
अर्थमन्त्रीको भनाईलाई गलत तवरले प्रचार गरिएका कारण मध्यम आय भएका नागरि उठ्नै नसक्ने गरी  यस्तो हातलमा पुगेका हुन । उनीहरुलाई घाटा भएको रकम पूर्ताल गर्न लामो समय लाग्ने देखिएको छ ।
शेयर बजार आशे खेती हो । यसलाई अर्को शब्दमा चर्नु पर्दा यो वर्षे खेती जस्तै हो । पानी पर्यो भने खेती सर्पन जान्छ । तर पानी नपर्दा पखा टारी बाँझै रहेजस्तै शेयर बजारमा पनि साना तिना हल्ला र चलखेलले पनि साना लगानीकर्तालाई सबैभन्दा ठूलो मार पर्दछ । तर साना लगानीकर्तालाई मारमा पारेर केही ठूला लगानीकर्ताले त्यसैलाई कमाउने धन्दा बनाएका छन् ।
त्यसो त अर्थमन्त्री डा युवराज खतिवडाले आफूले बिबिसि नेपाली सेवालाई दिएको अन्तरवार्तामा शेयर बजारको बारेमा कुनै पनि नकारात्मक टिप्पणी नगरेको बताएका छन् । उनले शेयर बजारलाई व्यवस्थित बनाउन आफू प्रयत्नशील रहेको समेत बताएका थिए
केपी ओलीको चासो पछि


शेयर बजार निरन्तर घटन थालेपनि सोमबार प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा खतिवडालगायत केही अधिकारीलाई बोलाएर चासो राखे । उनले बजार किन घटीरहेको छ र समस्या समाधानको उपाय के हुन सक्छ भन्ने बारेमा पनि छलफल गरे । उनले बजारलाई नियमित बनाउन अर्थमन्त्रालयका तर्फबाट प्रभावकारी कदम चाल्न समेत निर्देशन दिए । तर पनि बजार १६.६५ अंकले ओरालो लाग्यो । आइतबार ४१ अंकले ओरालो लागेको बजार सोमबार थामिने विश्वास थियो । तर त्यसो हुन सकेन । प्रधानमन्त्रीले नै चासो राखेर समस्या समाधानको पहल हुने आशामा रहेका लगानीकर्ता सोमबार पनि नेप्से परिसूचक लगातार रातो बन्दै गएपछि थप निराश भए । कारण केही थिएन उनै अर्थमन्त्री डा खतिवडाले नकारात्मक टिप्प्णी गरे भन्ने विषयलाई नै केही सट्टेबाजहरुले बजारमा हल्ला चलाएका थिए ।
त्यसो त शेयर बजारको जिम्मा लिएको नेपाल स्टक एक्चेन्ज, नेपाल धितोपत्र बोर्ड जस्ता निकायले पनि प्रंभावकारी कदम चाल्न सकेका छैनन् । उनीहरुले लगानीकर्तालाई विश्वासमा लिने तर्फ कुनै पनि कदम चाल्न नसकेको लगानीकर्ताको गुनासो छ । प्रधानमन्त्रीले चासो राखेको विषयमा प्रधानमन्त्री कार्यालय, प्रधानमन्त्रीको सहयोगी समूह र अर्थमन्त्री डा खतिवडाको सचिवालयले समेत आधिकारिक रुपमा जानकारी दिन अस्वीकार गर्यो ।
लाखौंको छैन डिम्याट खाता
नेपाल धितोपत्र बोर्डले अघिल्लो असारदेखि नै शेयर खरिद बिक्री तथा आवेदनका लागि समेत हितग्राही खाता अर्थात डिम्याट खाता अनिवार्य गर्यो । नियमक निकायको निर्देशनका आधारमा करिब १२ लाखले हितग्राही खाता बनाए । अझै पनि करिब सात लाखको डिम्याट खाता खोल्न बाँकी रहेको बताइन्छ । खाता नखोलेका सेवाग्राहीलाई खाता खोल्ने पहल गराउन तर्फ नियमक निकाय, धितोपत्र दलाल कम्पनी तथा अन्य सरोकार भएका निकायले कुनै पनि ध्यान दिन सकेको छैन । खाता नखोल्नको विवरण के कस्तो अवस्थामा रहेको छ भन्ने बरोमा समेत कुनै पनि निकायले जानकारी दिन सक्ने अवस्था छैन ।
पचास प्रतिशत महिला लगानीकर्ता
शेयर बजारमा लगानी गर्ने र कारोबार गर्ने मध्ये ५० प्रतिशतको हिस्सा महिलाको रहेको छ । उनीहरुले घर खर्चबाट बचेको पैसालाई शेयर बजारमा लगानी गरेका हुन्छन् । सानो सानो पूँजीबाट ठूलो आर्थिक स्रोत जुटाउने गरेको महिला शेयर बजारमा आएको गिरावटका कारण बसैभन्दा बढी समस्यामा परेका छन् ।
यस्तै साधारण शेयरमा आवेदन दिनेहरुको संख्या मध्ये ५० प्रतिशतको हिस्सा महिलाको नै हुने गरेको छ । उनीहरुले माथि भने जस्तै घर खर्च बचाएर शेयर बजारमा  लगानी गरेका छन् । शेयर बजारमा उनीहरुले गर्ने लगानीको हिस्सा ठूलो भएपनि त्यसलाई संरक्षण गर्ने र सुरक्षित लगानीका लागि प्ररित गर्ने तर्फ कुनै पनि चासो देखाइएको छैन ।
पछिल्लो पटक बजार घट्दा मारमा परेका महिलाको सोही हिस्सा नै सबैभन्दा बढी समस्यामा परेका छन् । उनीहरुको सामान्य हिसाबमा हेर्दा आइतबार ४७ अर्बको र सोमबार करिब २० अर्बको घाटा पूर्ताल गर्न लामै समय लाग्ने देखिएको छ ।
करिब ४ लाख व्यक्तिले सेयर बजारलाई मुख्य पेसा बनाएका छन् । ती अधिकांश मध्यमस्तरको आय भएका नागरिक हुन् । उनीहरूको अर्बौं रुपैयाँ डुबेको एक सेयर विश्लेषकको टिप्पणी छ । पुँजी बजारमा संस्थागत लगानी गर्ने व्यक्ति वा संस्थाले जसरी पनि आफ्नो लगानी उठाउँछन् । तर साना तथा मध्यम आय भएका लगानीकर्तालाई घाटा लागेको बजार मेकअप गर्ने उपाय के होला भन्नेमा भने कुनै छेऊ टुप्पो पाउन सकएिको छैन ।
मध्यम आय भएका र यसैलाई पेशा बनाएका व्यक्तिले सेयर नाफा हुँदामात्र मात्र बेच्न सक्छन् । उनीहरुले घाटा सहन सक्दैनन् । यही कारण काठमाडौं तथा मुख्य सहरमा धेरै घरमा पति पत्नीबीच पारपाचुके हुने वा ‘डिप्रेसन’ मा जाने तथा अन्य मानसिक समस्यामा पर्ने खता बढेर गएको छ ।
घरपरिवारमा कोलाहल मच्चिने अवस्था आउन सक्ने पुँजी बजारका अनुभवीको तर्क छ ।
सरकारले पुँजी बजारलाई सुरक्षा दिने कामै गरेन, लामो समयदेखि वित्तीय संस्थाले सेयरमा लगानी गर्न ऋण दिएका छैनन् । बजारमा अत्याधिम मात्रामा तरलता रहेको छ । सरकारले सकारात्मक निर्णय गर्ला भनेर प्रतिक्षामा रहेका साना र मध्यम आय भएका लगानीकर्ता सबैभन्दा बढी समसयामा परेका छन् । उनीहरुलाई राहत दिन तत्काल कदम चाल्नुपर्ने अवस्था आएको छ ।
अर्थमन्त्रीमा डा खतिवडा आएपछि कति घट्यो बजार
खतिवडा ठिक एक साता अघि अर्थात फागुन १४ गते अर्थमन्त्रीमा नियुक्त भएका थिए। उनी अर्थमन्त्री नियुक्त भएपछि सोमबार समेत पाँच दिन दिन बजार खुल्यो ।
यो पाँच दिन मध्ये चार दिन शेयर बजारको मापन गर्ने नेप्से सूचक घटेको छ भने एक दिन झिनो अंकले सुधार भएको थियो। पहिलो दिन १४ अंकले बजार गुमाएको नेप्सेमा गत मंगलबार पाँच अंकको वृद्धि भयो । बुधवार १९ अंकको र आइतवार झण्डै ४२ अंकको गिरावट आयो । यस्तै सोमबार १६.६५ बिन्दले बजार घट्यो । पाँच दिनमा कारोवार दिनमा सेयर बजारले ८७.६५ अंकले बजार गुमिसकेको छ । यसलाई धेरैले अर्थमन्त्रीको शेयर बजारप्रतिको गलत धारणाका रुपमा अथ्र्याइएको छ ।
विश्लेषकहरुकाअनुसार बजार अझै घट्ने सम्भावना रहेको छ । किनकी बजारमा हकप्रद र बोनस शेयरको चाप छ । बजारमा अत्याधिक मात्रामा तरलताको अभाव रहेको छ ।
शेयर बजारका जानकार नीरव पुडासैनीले गत हल्ला चलाइएका कारण बजारमा संकट देखा परेको बताएका छन् । उनले गलत हल्ला गर्ने संस्कार बजारमा स्थापित भएका कारण लगानीकर्तामा चरम निराशा आएको उल्लेख गरे ।

६ बर्ष अगाडि

प्रतिक्रिया