नयाँ  भर्सनमा ‘साईली र माइली पोइला गएछन् ’

५ बर्ष अगाडि

काठमाडौं– ‘साईली र माइली पोइला गएछन्, गाउघर नै सुन्ने पारे र...’ कुनै बेलाको यो अत्यन्त लोकप्रिय गीत आज पनि उत्तिकै सान्दर्भिक छ ।
मुकुन्द किशोर भट्टराईको शब्द तथा संगीतको उक्त गीत त्यो बेला उदितनारायण झा तथा मधु क्षेत्रीले गाएका थिए । अहिले यो गीतको नया“ संस्करण गायक राज के गोस्वामीको स्वरमा बनेको छ । जुन गीत भिडियो सहित आएको छ । 
गायक गोस्वामीले गीतकार तथा संगीतकार भट्टराईसंग अनुमति लिएर यो पुरानो लोकप्रिय गीतलाई पुनः गाएका हुन् । गायक गोस्वामीको स्वरको उक्त गीतको म्युजिक भिडियो बिहिबार सार्वजनिक भएको छ । किरण तुलाधरले यो गीतमा संगीत संयोजन गरेका छन् ।
शान थापाले म्युजिक भिडियोलाई निर्देशक गरेका हुन् । भिडियोमा अभिनेता सन्दिप क्षेत्री, अभिनेत्री एलिशा राई तथा मोडल करिष्मा ढकाल देखिएका छन् । 
हास्यरस समेत मिश्रण गरिएको भिडियोमा आफ्नी साइ“ली र माइली श्रीमतीले छाडेर गएपछि सडकमा आएका श्रीमान्को कथालाई रमाइलो शैलीमा चित्रण गरिएको छ । अभिनेता क्षत्रीले पोइला गएका दुई श्रीमतीको श्रीमान्को गम्भिर भूमिकालाई रोमाञ्चक ढंगले निर्वाह गरेका छन् । भिडियोमा राजीव समरले कोरियोग्राफी गरेका छन् ।


https://youtu.be/IggrUj81KC4

५ बर्ष अगाडि

प्रतिक्रिया