निर्मलाका बाबु यज्ञराज पन्तले भने -हामीलाई सुरक्षा खतरा छ

५ बर्ष अगाडि

छोरीको बलात्कार पछि हत्या भएको सय दिन पुग्यो । बलात्कार तथा हत्यामा संलग्नहरु अझै पत्ता लाग्न सकेको छैन । दुःख लाग्छ । सरकारले आफ्नो नागरिकको सुरक्षा त गर्न सकेन । हत्या भएको यतिका दिनसम्म पनि हत्यारा पत्ता लगाउन सकेन । हामीलाई अझै पनि आस छ । हामी न्यायको भीख मागिरहेका छौं ।
प्रहरीले दोषी देखाउने नाममा निर्दोष नागरिकलाई समातेर दोषी देखाउन खोज्यो । अझै पनि प्रहरीले सिभिलमा मान्छे पठाएर हामीलाई अनेक गरेर फकाउने प्रयास गरिरहेको छ । कहिले मिठाइ लिएर नचिनेका मान्छे हाम्रो घरमा आउँछन् । कहिले फलफूल लिएर आउँछन् । विभिन्न थरीका कुरा गर्छन् । अब जे भो भो भन्छन् । तर, हामीलाई कुनै पनि कुरा चाहिएको छैन । न्याय चाहिएको छ ।

अहिले त मलाई एक्लै हिँड्न पनि खतरा हुन थालेको छ । नचिनेका मान्छेले पिछा गर्छन् । हिजो (बुधबार) राति एक जना नचिनेका मान्छेले पिछा गरेर लछारपछार गर्न खोजे । मैले प्रहरीमा खबर गरें । तर, त्यो मान्छे भेटिएन । राति तीन बजेसम्म त्यसलाई मैले खोजेको छु । सरकारले न्याय दिन सक्दिन भनेर भन्यो भने चित्त बुझाउन सकिएला तर हामी अझै पनि न्यायको आसमा छौं ।
मलाई लाग्छ अझै पनि प्रहरीले निर्दोषलाई समातेर दोषी देखाउन खोजिरहेको छ । घटनास्थलमा पटक पटक सिभिल प्रहरी आएको देख्छु । फेरि चार जनाको डीएनए परीक्षण गर्न पठाएको भन्ने पनि सुनेको छु । तिनीहरु कहाँका मान्छे हुन् भन्ने थाहा छैन । तर, हामीले प्रहरी र सरकारसँग पटक पटक भनेका छौं कि हाम्री छोरी जुन घरमा गएकी थिई, त्यहीँबाट अनुसन्धान गर्नुपर्छ । हाम्रो कुरा कसैले सुनेन । जहाँ गएकी हो र जहाँबाट हराएकी हो, त्यहीँबाट अनुसन्धान भएको छैन । दुःख लाग्छ ।
अहिले त मलाई एक्लै हिँड्न पनि सुरक्षा खतरा हुन थालेको छ । नचिनेका मान्छेले पिछा गर्छन् । हिजो (बुधबार) राति एक जना नचिनेका मान्छेले पिछा गरेर लछारपछार गर्न खोजे । मैले प्रहरीमा खबर गरें । तर, त्यो मान्छे भेटिएन । राति तीन बजेसम्म त्यसलाई मैले खोजेको छु ।

पहिले साइकिलमा एक्लै हिँड्ने गरेको थिएँ । अहिले अटो रिक्सामा बजारतिर जाने गरेको छु । चिया पसलतिर जान पनि सोच्नुपर्छ । हामीलाई सुरक्षा पनि चाहिएको छ ।
अर्को कुरा कसैलाई पनि हामीलाई दुःख दिनु छैन । कसैसँग हाम्रो दुस्मनी पनि छैन । कसैको जागिर खोस्न हामीले बोलेका छैनौं । हामीलाई हाम्री छोरीको बलात्कार र हत्यामा संलग्न पत्ता लगाएर त्यसलाई सजाय दिए पुग्छ ।
मलाई दसैंअघि सहायक सिडियो सरले फोन गरेर पैसा लिन बोलाउनुभयो । मैले नआउने जवाफ दिएँ । उहाँले सरकारले पैसा पठाएको र दसैं बिदामा लिन अप्ठ्यारो पर्छ, आउनू भन्नुभएको थियो । तर, म गइनँ । मलाई पैसा चाहिएको छैन । सरकारले न्याय दिन सक्दिन भनेर भन्यो भने चित्त बुझाउन सकिएला तर, हामी अझै पनि न्यायको आसमा छौं ।

-राजधानी दैनिकबाट

५ बर्ष अगाडि

प्रतिक्रिया