जेपी फाउण्डेशनले सङ्ग्रहालय र अस्पताल निर्माण गर्ने

५ बर्ष अगाडि

विराटनगर – जेपी फाउण्डेशनले विराटनगरमा जेपी सङ्ग्रहालय र जेपी अस्पताल निर्माण गर्ने भएको छ । 

राजनीतिका शिखर पुरुष पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति स्व गिरिजाप्रसाद कोइरालाको नाममा देशव्यापी रुपमा गरीबी निवारण, सीपमूलक तालीम, मानिसको जीवन स्तर उकास्ने जस्ता परोपकारी कार्यको थालनी गर्नाका साथै देशैभरमा फाउण्डेशनको सङ्गठन विस्तार गर्ने फाउण्डेशनका प्रदेश नं १ का सभापति इन्दिरा थापाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

उहाँले स्व गिरिजाप्रसाद कोइरालाको नाममा खोलिएको फाउण्डेशनको नाममा विराटनगरस्थित कोइराला निवासमा चार कट्ठा जग्गासहित एक अत्याधुनिक भवनमा फाउण्डेशनको प्रदेश कार्यालय स्थापना गर्ने र यसैबाट सामाजिक एवं सेवामूलक कार्यक्रमहरु विस्तार गरिँदै जाने बताउनुभयो । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया