जहाजमा अपरिचित व्यक्तिसँग छोटो कुराकानीपछि यौन सम्बन्ध

चैत ५, २०७४ | आजको अर्थ
ajaako_artha


लन्डन-  विमानमा यात्रा गरिरहेकी एक महिलाले उडिरहेको विमानमा नै शारीरिक सम्बन्ध राखेर चकित बनाएकी छन् । १३ मार्चमा गटविक एयरपोर्टबाट मेक्सिकोका लागि उडेको विमानमा ती महिलाले अपरिचित व्यक्तिसँग छोटो कुराकानीपछि यौन सम्बन्ध राखेको खबर बाहिर आएको हो । सो फ्लाइट ११ घन्टाको थियो ।

ती महिलाले अपरिचित युवालाई सुरुमा चुम्बन गरेको र त्यसपछि इकोनोमी क्लासको बाथरुममा गएर आपत्तिजनक क्रियाकलाप गरेको दि सनले जनाएको छ ।

दुवै जना बाथरुपमा छिरेको केही समयपछि विमानका कर्मचारीले ढोका ढकढकाएका थिए । जब ढोका खुल्यो त्यहाँ आपत्तिजनक अवस्था देखिएको विमानका कर्मचारीले जनाएका छन् ।

रोचक त के छ भने विमानमा चढ्दा यी दुईले एकअर्कालाई चिन्दैनन् थिए । बोरिङ पास लिँदासम्म पनि दुबैबीच परिचय भएको थिएन । विमानका प्रत्यक्षदर्शीका अनुसार ती महिना रक्सी पिएर विमानमा चढेकी थिइन् । उनीसँग बसेका ती व्यक्तिले भने, ‘उनी सबैसँग फ्रेन्ड्ली भएर बोल्दै थिइन् । म र मेरो साथीसँग कुरा गर्ने कोसिस गरिन् । त्यसपछि विमानमा हिडिरहेका एक व्यक्तिसँग कुरा गर्न थालिन् । तत्काल ती अपरिचितलाई चुम्न थालिन् । केही समयपछि उनी बाथरुममा गइन् । ती युवक पनि पछि पछि गए ।’

त्यसपछि बाथरुममा के भइरहेको छ भन्ने कुरा विमानमा यात्रा गरिरहेका यात्रुले अन्दाज गर्न सक्थे किनकि ती महिला चर्काे आवाज निकालिरहेकी थिइन् ।  ती महिलालाई मेक्सिको उत्रिएपछि प्रहरीले पक्राउ गरेको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२१.९०१२२.५०
European Euro१३२.५९१३३.२४
UK Pound Sterling१५०.७२१५१.४६
Swiss Franc१२५.५३१२६.१५
Australian Dollar७५.३६७५.७३
Canadian Dollar८७.०६८७.४९
Singapore Dollar८५.४३८५.८५