शिक्षकहरुको तलव बढ्ने !

५ बर्ष अगाडि

बुटवल–प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन वरालले प्रदेश सरकारले शिक्षकहरुको तलव बृद्धि गर्ने तयारी गरिरहेको बताएका छन ।  शनिवार गुल्मीको धुर्कोट गाउँपालिकाले अयोजना गरेको शैक्षिक गोष्ठीमा सहभागि सामुदायिक विद्यालयका शिक्षकहरुलाई सम्वोधन गर्दै मन्त्री वरालले यस्तो बताएका हुन ।

    भने–‘अहिले  नै यति हजार यी यी तहका शिक्षकको तलव बढ्दै छ त भनेर  म भन्दिँन तर एउटा शिक्षकलाई पर्याप्त हुने गरि तलव बृद्धिको सिफारिस गरेर आयोगमा पठाएका छौ’–  भने–‘ निजी विद्यालय कै जति दाम पनि दिने काम पनि उस्तै लिने प्रदेश सरकारले नीति  लिएको छ ।’

   १० बर्षे जनयुद्ध ताका वोर्डिङ्ग स्कुल बन्द गराउँदै हिडेका उनै नेता वरालले अहिले भने वोर्डिङ्ग स्कुलले शैक्षिक क्षेत्रमा देखाएको बाटो अनुशरणिय भएको धारणा राखे ।  उनले भने–‘अव निजी क्षेत्रले सञ्चालन गरेका शैक्षिक संस्था संग पनि सहकार्य  गरेर जानु पर्ने आबस्यकता देखियो  ।

  गुणस्तरिय शिक्षा प्रदान गरेका त्यस्ता  बोर्डिङ्गका विषयगत शिक्षकबाट कम्तीमा एक महिना सामुदायिाक विद्यालयमा पुगेर शिक्षण सिकाई सिप निशुल्क वोर्डिङ्ग स्कुलले  उपलव्ध गराएर दक्ष जनशक्ति उत्पादन तर्फ लागिने भएको छ । ’ पुराना शिक्षकहरुले आफुलाई अर्धदक्ष छु भनेर सोच्दै नसोच्न आग्रह गर्दै अहिलेको प्रविधीलाई पछ्उँदै मैले  जे पनि गर्न सक्छु भन्ने उच्च मनोभावना राखेर अगाडी बढ्न मन्त्री वरालको सुझाव थियो ।

 उनले शिक्षकहरुको तलव बृद्धि गर्ने बिषयमा थपे–‘ वोर्डिङ्ग स्कुलका शिक्षक झै दक्ष सामुदायिक विद्यालयका शिक्षक पनि हुनु पर्छ भनेर त हामीले सोच्दै र भन्दै आएका छौं, तर  उनिहरुको वेतन पनि त्यति नै हुनु पर्छ भन्ने सोचेनौं , यसर्थ प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले यस्तो सोच्यो र आयोगमा सिफारिस गरेर पठाईएको हो । ’

 उनले शिक्षण विधी सिकाईका लागि अमेरिका लण्डन जस्ता विकासित मुलुकमा  पहिला मन्त्रीहरु जाने  , त्यस पछि सचिवहरु , उनिहरु पछि  विभागका निर्देशक र त्यस पछि तत्कालिन जिसीओहरु जाने गरेको कुरालाई आफुले अन्त्य गर्न लागेको बताए ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया