श्रीमान्लाई नभन्नुहोस् यी १२ कुरा

५ बर्ष अगाडि

श्रीमान् श्रीमतीलाई एक रथका दुई पाग्रा भन्ने गरिन्छ । पांग्रामध्ये एकमा समस्या आएमा के हुुन सक्ला त्यो सबैले बुझेकै बिषय हो । हरेक श्रीमान्  श्रीमतिले  आफूनो परिवार वा दम्पत्तिसँग राम्रो सम्बन्ध होस् भन्ने चाहन्छन् तर सानो सानो कुरामा ध्यान नपुप्याउँदा सम्वन्ध राम्रो हुनुको साटो झन बिग्रन सक्छ । विवाहपछि सम्बन्धलाई सन्तुलननमा पछल्याउन हरेक व्यक्तिले होसियारी अपनाउनुपर्छ श्रीमान् श्रीमतीको सम्बन्ध निकै नाजुक हुन्छ । सानो कुराले पनि सम्बन्ध टुट्न सक्छ । पति पत्नीबीच कतिपय कुरा नितान्त व्यक्तिगत हुने गर्छन् जुन कुरा तपाईँले जानीवा नजानी कहिले काहीँ श्रीमान्सँग सेयर गर्नुभयो भने यस्ता कुराले दिर्घकालिन समस्या आउन पनि सक्छ । त्यसले तपाईको सम्बन्धमा टकराव पर्ने वा अन्य तेस्रो व्यक्तिलाई अनावश्यक लाभ उठाउने अवसर पनि मिल्छ । त्यसैले श्रीमान्लाई नभन्नुहोस् यी कुरा ।

–आफ्ना मिल्ने साथिको कम्जोरी कहिल्यै बताउनुहुँदैन ।
–सामाजिक सञ्जालको पासवर्ड सँगै एटिएमलगायतको पासवर्ड बताउनु हँदैन ।
–पुरानोसम्बन्धको विषयमा कहिल्यै नबताउनुहोस् ।
–मिल्ने केटा साथी भए पनि उसका बारेमा श्रीमान्का अगाडि धेरै प्रशंसा नगर्नुहोस् ।
–आफ्नो माइतीको कम्जोरी कहिल्यै नबताउनुहोस् ।
–जगिरे महिलाले आफ्नो तलब सकेसम्म लुुकाउनुपर्छ ।
–आर्थिक संकटको विषय दोहो¥याई रहनुु हुदैन । आफ्नो मिल्ने साथीको कम्जोरीका बारेमा पनि नबताउनुहोस ।
–आफ्नो दाजुभाइको नराम्रो कुरा कहिल्यै पनि नभन्नुहोस् ।
–श्रीमानसँग अरु पुरुषको तुलना नगनुहोस् । यदी आफुलाई अरु पुरुषको कुरा मन परे पनि 
 मनभित्र नै राख्नुहोस् । श्रीमानको अगाडि बाहिर ननिकाल्नुुहोस् नत्र तपाईको सम्बन्धको मीठास 
 हराउन सकछ ।
–फेसबुमा केटासाथी सगँ कुरा गनुहुन्छ भने झुक्किएर पनि श्रीमानलाई नभन्नुहोस् ।
–विवाहपूर्वको यदि तपाईको कसैसँग अफेयर थियो भने त झनै नभन्नुहोस् यस्ता कुरा ।
–सम्बन्ध जोगाउने काम श्रीमानश्रीमती दुबैको हो । जति महिलाको भूमिका हुन्छ त्यति नै पुरुषको पनि । त्यसैले कतिपय कुुरा श्रीमान होस् या श्रीमती व्याक्तिगत नै रहनदिनु पर्छ । केहि सामान्य कुरा एक आपसमा नभन्दा सम्बन्ध मीठास भइरहन्छ भने सम्बन्धमा मीठास नै रहन दिनुहोस् ।

५ बर्ष अगाडि

प्रतिक्रिया