डीएसपीदेखिका दरबन्दी केन्द्रमै

५ बर्ष अगाडि

काठमाडौँ — सरकारले इन्स्पेक्टर र सोभन्दामुनिका प्रहरी मात्र प्रदेश प्रहरीको सांगठनिक संरचनामा रहने कानुनी व्यवस्था प्रस्ताव गरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

संघीय संसद्मा सोमबार पेस गरिएको नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो ।
 संविधानले प्रदेश सरकारलाई प्रदेशभित्रको प्रहरी प्रशासन र शान्ति सुरक्षासम्बन्धी अधिकार तोक्दै प्रदेश प्रहरी संगठनको व्यवस्था गरेको छ । 

 

विधेयकको दफा १४ (१) मा राजपत्रांकित द्वितीय श्रेणी वा सोभन्दा माथिल्लो दर्जाको प्रदेश प्रहरी पदमा नेपाल प्रहरीको दरबन्दी कायम गरिने उल्लेख छ । प्रदेश प्रहरीको संगठन संरचनाभित्र खटिने प्रहरी नायब उपरीक्षक (डीएसपी) र सोभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारीको दरबन्दी संघीय सरकार मातहतको नेपाल प्रहरीअन्तर्गत रहने उल्लेख छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया