एनआईसी एसिया र जनता बैंकले यसरी ठग्छन् कर्मचारी

५ बर्ष अगाडि

काठमाडौँ – निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक र धेरै नाफा कमाएको भन्दै प्रचार प्रसारमा रमाइरहेको एउटा बैंकले कर्मचारीलाई चरम रुपमा ठगी गरिरहेको रहस्य सार्वजनिक भएको छ ।

एनआइसि एशिया बैंकले कर्मचारीलाई ठगी गरेको र तलब सुविधा समेत नदिइएको भन्दै श्रम कार्यालयमा मुद्दा दर्ता भएपछि सो कुराको रहस्य खुलेको हो ।

एनआईसी एसियाको हेटौंडा शाखामा कार्यरत कार्यलय सहायकलाई नियुक्तिपत्र र न्यूनतम सुविधा नदिएको उजुरी परेपछि मन्त्रालयले आवश्यक कारबाही गरी सोको प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र रोजगारमा पठाउन श्रम तथा व्यावसायजन्य सुरक्षा विभागलाई पत्राचार गरेको छ ।

कर्मचारीलाई किन तलब नदिइएको हो, किन सुविधा नदिइएको हो र के कारणले उनीहरुलाई अन्याय गरिएको हो भन्दै चित्त बुझ्दो जवाफ दिन समेत पत्रमा उल्लेखख गरिएको छ ।

निजी क्षेत्रको अग्रणी संस्था भनेकै भरमा कर्मचारी माथि ठगी गर्ने छुट कोही कसैलाई पनि नभएको भन्दै सरकारले कानूनअनुसार कारवाहीको प्रक्रिया समेत अगाडि बढाउने भएको छ ।

पछिल्ला दिनमा व्यवसायिक प्रतिष्ठानहरुले नियुत्तिपत्र र तलव नदिएको गुनासो आइरहेका बेला पारदर्शी व्यवसाय गर्ने बैंकका कर्मचारीले पनि सुविधा नपाएको उजुरी गर्न थालेका छन् ।

निजी क्षेत्रबाट सञ्चालित एनआईसी एसिया बैङ्क र जनता बैङ्क ले कर्मचारीलाई न्युनतम तलव सुविधा र नियुत्तिपत्र नदिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलमा उजुरी परेको छ । दुबै बैंकले  कर्मचारीलाई न्युनतम तलव सुविधा र नियुत्तिपत्र नदिएको उजुरी परेको हो ।

एनआईसी एसियाको हेटौडा शाखामा कार्यरत कार्यालय सहायकलाई नियुत्तिपत्र र न्युनतम सुविधा नदिएको उजुरी परेपछि मन्त्रालयले आवश्यक कार्वाही गरी सोको प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय र रोजगार मन्त्रालयमा पठाउन श्रम तथा व्यसायजन्य सुरक्षा विभागलाई पत्राचार गरेको छ ।

विभागले गत माघ ७ गते एनआईसी र जनतालाई पत्राचार गरी सेवा सुविधाको विषयमा ७ दिनभित्र जानकारी पठाउन भनेको छ । सरकारले न्युनतम पारिश्रमिक निर्धारण गरी लागु भइसकेको सोको कार्यन्वयन गर्ने जिम्मा व्यवसायीक प्रतिष्ठानको भएको जानकारी विभागले गराएको छ ।

यस्तै हेटौडा औद्योगिक क्षेत्रभित्र रहेको पानी प्रशोधन केन्द्र डब्ल्युडब्ल्युटीपी र मोर्डन सेक्युरिटीज सर्भिसमा रहेका ३ जना कर्मचारीलाई न्युनतम तलव र नियुत्तिपत्र निदएको उजुरी परेपछि विभागले स्पष्टिकरण सोधेको छ । विनरक इन्टरनेसनले पनि कर्मचारीलाई न्युनतम तलव सुविधा नदिएको उजुरी परेको विभागले जनाएको छ ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया