चन्द्र ढकालले करिब ११ अर्ब लागतमा म्याग्दीमा ५३ मेगावाटको हाइड्रो पावर बनाउने

५ बर्ष अगाडि

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमइ समूहका अध्यक्ष चन्द्र ढकालले म्याग्दीको एक जलविद्युत् आयोजनामा १० अर्ब ९५ करोड १३ लाख १० हजार बराबरको लगानी गर्ने भएका छन् ।

हाइड्रो सपोर्ट प्रालिको नाममा आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले उक्त परिमाणको लगानी गर्न लागेका हुन् । बैंक, बीमा , केवलकार जस्ता व्यवसायमा लोकप्रिय भएको उक्त समूहले यसअघि लमजुङमा समेत जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

म्याग्दी जिल्लाको अन्नपूर्ण गाँउपालिका वडा नं २ मा सो आयोजना निर्माण हुनेछ ।

ढकालको कम्पनीले गत पुस ८ गते उक्त कम्पनी दर्ता गरेको हो । कूल ५३.५३ मेगावाट क्षमताको सो आयोजना शतप्रतिशत स्वदेशी लगानीमा निर्माण हुन लागेको आयोजना हो । सो आयोजनाबाट ५१ जनाले रोजगारी पाउने कम्पनीले विश्वास लिएको छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया