कांग्रेस पदाधिकारी छान्न हम्मे, देउवालाई रोक्न सफल होलान् पौडेल ?

६ बर्ष अगाडि

 काठमाडौं- आफू निकट नेतालाई मात्र पार्टीको रिक्त पदाधिकारी प्रस्तावको तयारी गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई रोक्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सक्रियता बढाएको छ ।

सभापति शेरबहादुर देउवाले विगतको संंस्कारलाई कुल्चदै मनोमानी ढंगले पदाधिकारी प्रस्ताव गर्ने तयारी गरेको भन्दै पौडेल पक्षीय नेताहरू केन्द्रीय समितिमा देउवाललाई ब्रेक लगाउने तयारीमा जुटेका हुन् ।

विधानअनुसार महाधिवेशन भएको दुई महिनाभित्र रिक्त पदाधिकारीको भर्पाई गरिसक्नु पर्ने भए पनि महाधिवेशन सम्पन्न भएको २६औं महिना चल्दै गर्दा समेत रिक्त पदाधिकारीहरू चयन हुन सकेका छैनन् ।


पदाधिकारी छान्ने अन्तिम गृहकार्यमा रहेका सभापति देउवालाई यतिबेला आफ्नै समूहका नेताहरूबाट समेत दबाब आएको छ । विगगमा फरक फरक जिम्मेवारीबाट सघाएका निकटका नेताहरू नै पदाधिकारीका लागि बार्गेनिङ गर्न थालेपछि देउवा आफ्नै समूहबाट समेत निर्णय गर्न सकसमा छन् । केन्द्रीय समितिमा बहुमतमा रहे पनि एकलौटी ढंगबाट विगतको संस्कार भुलेर देउवाले पदाधिकारी प्रस्ताव गरे केन्द्रीय समितिबाट सकेसम्म रोक्ने पक्षमा पौडेल पक्षीय नेताहरूले सक्रियता बढाउन थालेका छन्, राजधानी दैनिकमा खबर छ  ।

६ बर्ष अगाडि

प्रतिक्रिया