टर्कीलाइ किन चाहियो २३ अर्ब डलरको लडाकु विमान ?

३ महिना अगाडि

काठमाण्डौ– टर्कीले स्वीडेनलाई नेटोको सदस्यता लिन बाटो खोलिदिएपछि अमेरिका र टर्कीबीच लडाकु विमान खरिदको सम्झौता भएको छ । टर्कीले चार वर्षदेखि अमेरिकासँग अत्याधुनिक सैन्य विमान खरिद गर्ने योजना बनाए पनि अमेरिकाले स्वीडेनलाई नेटोको सदस्य बन्ने बाटो खोलिदिनुपर्ने सर्त राखेको थियो । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले नेटोमा स्वीडेनको सदस्यतालाई अनुमोदन गरेसँगै अमेरिकी सरकारले टर्कीलाई ४० वटा नयाँ एफ–१६ लडाकु विमान बेच्ने सम्झौतालाई अनुमोदन गरेको हो । यो सम्झौता २३ अर्ब डलरको छ ।

यस्तै, टर्कीमा रहेका ७९ वटा एफ–१६ विमानको आधुनिकीकरणको पनि सम्झौता भएको छ । टर्कीले सन् २०२१ देखि नै नयाँ लडाकु जहाज खरिद र पुरानाको आधुनिकीकरणको लागि अमेरिकासँग आग्रह गर्दै आएको थियो । तर रुस वरपरका देशलाई नेटो देशका सदस्य बनाएर घेर्ने रणनीति लिएको अमेरिकाले स्वीडेनलाई नेटोको सदस्यता दिनुपर्ने सर्त राख्दै आएको थियो । टर्कीलाई टुक्राउने मागसहित हतियारसहितको विद्रोह गरेका कुर्दिस लडाकुलाई स्वीडेनले आश्रय दिएको टर्कीको आरोप थियो । अब टर्कीले स्वीकृति दिए पनि स्वीडेनलाई नेटोको सदस्यता बन्ने प्रस्तावलाई हङ्गेरीले भने स्वीकृति दिएको छैन ।

३ महिना अगाडि

प्रतिक्रिया