देशको अर्थतन्त्रले चिन्ता गर्ने ठाँउबाट धेरै अगाडि आएको छ : अर्थमन्त्री महत

२ महिना अगाडि

काठमाडौंः अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको बाटोमा आएको बताएका छन्। 

कपिलवस्तु उद्योग वाणिज्य संघको १६औं साधारण सभा तथा ८औं अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री महतले अर्थतन्त्रका धेरै सूचकांकमा सकारात्मक परिवर्तन आएको दाबी गरेका छन् ।

 त्यस्तै सेयर बजार १८ सयबाट तल झर्न थालेको अवस्थामा सुधार आएर अहिले अर्थतन्त्रमा सुधार आएसँगै २१ सय प्लसको ईन्डेक्समा रहेको बताएका छन् । जग्गाको कारोबार पनि बिस्तारै चलायमान हुँदैछ अर्थमन्त्री महतले भने । 

राजश्व ११-१२ प्रतिशतले बढेको दाबी गर्दै मन्त्री महतले भने वैदेशिक आयातको लागि विदेशी मुद्राको आवश्यकता पर्दछ त्यो हामीसँग यथेष्ट छ । चाहिने भन्दा बढी छ । कुनै शंका छैन । एकताका देश श्रीलंका जस्तो बन्न लाग्यो भनेर चर्को आलोचना र चिन्ता फैलिएको भएपनी त्यो अवस्थाबाट नेपालको अर्थतन्त्र धेरै माथी उठेको अर्थमन्त्री महतको भनाई छ । 

२ महिना अगाडि

प्रतिक्रिया