मिड सोलु हाईड्रोपावरको लक इन अवधि आगामी चैतमा  समाप्त हुने

२ महिना अगाडि

काठमाडौँ- मिड सोलु हाईड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको साधारण सेयरको लक इन अवधि आगामी चैत १० गते समाप्त हुने भएको छ ।  

कम्पनीले एक सूचना  जारी गर्दै सामूहिक लगानी कोषका लागि बाँडफाँड गरेको ३७ हजार ४२० कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो । उक्त सेयरको लक इन अवधिको समाप्तबारे नेपाल धितोपत्र बोर्डले गत मंसिर २५ गते निर्देशन दिएको थियो ।  

कम्पनीले जारीपूँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशत अर्थात १४ लाख ९६ हजार ८ सय कित्ता साधारण सेयरमध्ये सर्वसाधारणलाई छुट्टाईएको सेयरमध्येको ५ प्रतिशत हुन आउने ३७ हजार ४२० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको थियो ।  

सोहि सेयरको लक इन अवधि आगामी चैत १० गते समाप्त हुन लागेको हो ।  

२ महिना अगाडि

प्रतिक्रिया