काठमाडौ-स्याङ्जामा ३० हजार ५९४ केजी उन्नत मकैको बिउँ उत्पादन गरिएको छ । यहाँका १० समूहका कृषकले बिउबिजन प्रयोगशाला पोखराबाट स्वीकृति लिएर मकैको बिउ उत्पादन गरेका हुन् ।
यहाँ सबैभन्दा धेरै फेदिखोला गाउँपालिकाका जैसीँडाँडा आमा समूहले १७ हजार ५८ केजी, राममन्दिर कृषक समूहले ९१२ केजी र सहयात्रा कषि सहकारीले २० हजार ४७० केजी बिउ उत्पादन गरेको छ ।
यस्तै, आँधीखोला –१ को सिद्ध कृषक समूहले दुई हजार २५० केजी, पुतलीबजार नगरपालिका –१३ को चण्डिकालिका कृषक समूहले तीन हजार ७०४ केजी, अर्जुनचौपारी –१ को मनकामना महिला कृषक समूहले ९४८ केजी बिउ उत्पादन गरेको छ ।
यस्तै, गल्याङ –११ को कर्मचौर कृषक समूहले ९४२ केजी, गल्याङ ७ को थुम कुषक समूहले एक हजार २६५ केजी, कालिगण्डकी –१ को कालिका कृषक समूहले आठसय केजी र चापाकोट –८ को रत्नपुर सानाकिसान कृषि सहकारीले २१५ केजी बिउ उत्पादन गरेको हो ।
यहाँ उत्पादन गरिएको बिउमा २६ हजार ८३७ केजी ९मनकामना ३०, एक हजार १५७ केजी ९अरुण २०, दुई हजार पाँचसय केजी ९मनकामना ५०, एकसय केजी ९रामपुर कम्पोजिट० छ ।
बिउबिजन प्रयोगशालाका अधिकृत रत्नमणि ढकालले कृषकले मूल तथा प्रमाणित बिउ लगाएर उन्नत बिउ उत्पादन गरेको बताउनुभयो । कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत विनोद हमालले यहाँ उत्पादन भएको उन्नत मकैको बिउले स्याङ्जा आत्मनिर्भर रहेको र बाहिरबाट किन्नुनपर्ने बताउनुभयो ।
प्रतिक्रिया