बोटलर्स नेपालले शेयरधनीलाई गर्यो यस्तो आग्रह

सोमबार, २१ फागुन २०८०, १३ : २७

काठमाडौं - बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई )लिमिटेडले पाँच वर्ष पुरानो लाभांश नलिएका शेयरधनीलाई लाभांश लिन आउन आग्रह गरेको छ ।कम्पनीहरुको आर्थिक वर्ष २०७४र०७५ को वार्षिक साधारण सभाले पारित गरेको लाभांश अझैसम्म पनि केही शेयरधनीले भुक्तानी नलिएपछि एक महिनाभित्र सम्पर्क गरी लाभांश रकम भुक्तानी लिन आग्रह गरको हो । लाभांश भुक्तानी लिन आवश्यक कागजातसहित कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा सम्पर्क गर्नु कम्पनीले जानकारी दिएको छ । साथै, तोकिएको अवधिभित्र पनि लाभांश भुक्तानी नलिएमा रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

सोमबार, २१ फागुन २०८०, १३ : २७

प्रतिक्रिया