एक इन्स्योरेन्स कम्पनीको ९ चैतमा साधारणसभा

सोमबार, २१ फागुन २०८०, १६ : २२


काठमाडौं- शिखर इन्स्योरेन्सले लभांश प्रस्तावबना नै वार्षिक साधारण सभा चैतमा बस्ने भएको  छ । सभा चैत ९ गते शिखर इन्स्योरेन्सको बिहान ११ बजे केन्द्रीय कार्यालय शिखर विज सेन्टरमा सुरु हुनेछ । यसले यसअघि नै सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरिसकेको हो । सभा प्रयोजनका लागि कम्पनीले फागुन २७ गते बुक क्लोज गर्ने भएको छ । फागुन २४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउँनेछन् । फागुन २५ र २६ गते क्रमाशः शुक्रबार र शनिबार परेकाले सेयर कारोबार हुँदैन । सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, साधारण सभाले संस्थापक तर्फ ३ जना र सर्वसाधारण १ जना सञ्चालक निवार्चन गर्नेछ ।

सोमबार, २१ फागुन २०८०, १६ : २२

प्रतिक्रिया