५ % बोनस सेयर सेयरधनीहरुको खातामा जम्मा

मंगलबार, २२ फागुन २०८०, १३ : ४९

काठमाडौं -  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ ।

कम्पनीले गत माघ १४ गते सम्पन्न कम्पनीको ७ औँ वार्षिक साधारण सभाबाट पारित भएको ५ % बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको जनाएको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। गत पुस २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर जम्मा गरिएको कम्पनीले उल्लेख गरेको छ ।
 

मंगलबार, २२ फागुन २०८०, १३ : ४९

प्रतिक्रिया