काठमाडौँ। आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न अम्बे स्टिल्स लिमिटेडले आज साधारण सभा आयोजना गर्दै छ ।
कम्पनीको गत माघ २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम आज कम्पनीको साधारण सभा आयोजना हुन लागेको हो । सभामा प्रिमियम मूल्यमा आईपीओ निष्कासनको गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।
उक्त सभामा प्रिमियम मूल्यमा आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने र सो कार्यको लागि सम्पूर्ण अधिकार सञ्चालन समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभामा आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक तथा अन्डर राइटर नियुक्त गर्ने प्रस्ताव र आईपीबाट प्राप्त रकमको उपयोगको प्रस्ताव समेत पारित गर्ने छ।
प्रतिक्रिया