काठमाडौँ । इन्भेष्टर्स फोरम नेपालका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले आत्तिने र मात्तिने लगानीकर्ताहरूले गर्दा नै सेयर बजार लाई जुवाको घर बनाएको बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमा एक स्ट्याटस लेख्दै रौनियारले यस्तो बताएका हुन् ।
उनले लेखेका छन् ''(फागुन २१ गते) सरकार परिवर्तन को समाचार आउँदा आफैले विष्णु पौडेल अर्थमन्त्री हुन्छन् विश्वास गरेर ११८ अङ्कले सर्किट लाग्ने गरी बजार बढाउने आज मिडियामा विभिन्न थरीका समाचार आउँदा आफै विष्णु पौडेल अर्थमन्त्री हुँदैनन् भनेर ७० अङ्कले बजार घटाउनु’ रौनियार भने, – यस्ता ओभर रिअक्टिङ गर्ने, आत्तिने र मात्तिने लगानीकर्ताहरू ले नै गर्दा सेयर बजार लाई जुवाको घर, सट्टाबाजीको बजार र अनुत्पादक क्षेत्र नै हो भन्न बाध्य बनाउँछन् ।’
लगानीकर्ताले यो अपरिपक्वता त्याग्नै पर्ने उनको भनाइ रहेको छ ।
प्रतिक्रिया