जापानले माउन्ट फुजी आरोहणमा शुल्क लगाउदैँ

१ महिना अगाडि


काठमाडौँ - जापान सरकारले फुजी हिमालमा पर्यटक आगमन सीमित बनाउन खोजेको छ । पछिल्लो समय आरोहीहरूको संख्या बढिरहेकै बेलामा जापान सरकारले संख्या सीमित बनाउन आरोहीहरूसँग शुल्क लिने भएको हो ।


आगामी सिजनदेखि फुजी हिमाल चढ्न चाहने हरेक आरोहीले १३ डलर तिर्नुपर्नेछ । आरोहणको अनुमति दिइने संख्यामा पनि सीमा तोकिने भएको छ । गतवर्ष जुलाईदेखि सेप्टेम्बरको बीचमा २ लाख २० हजारले फुजी हिमाल चढेका थिए ।  आरोहीहरूको उच्च भिडभाड, चोटपटकका घटनामा वृद्धि र पदमार्गमा बढेको फोहोर देखेर दिक्क हुँदै सरकारले यो कदम चालेको हो । यो वर्ष योशिदा टे«लबाट एक दिनमा ४ हजार आरोहीलाई मात्रै अनुमति दिइने भएको छ । यो ट्रेलमा राजधानी टोकियोबाट सजिलै जान सकिन्छ । ६० प्रतिशतभन्दा धेरै आरोहीहरू यही ट्रेल भएर फुजी हिमाल चढ्न जाने गरेका छन् । गएको वर्ष आरोहीहरूको अत्यधिक भिडभाडका कारण शिजुओका प्रिफेक्चर प्रहरीलाई उद्धारको मागसहित ६१ ओटा फोन आएको थियो ।आरोहीलाई लेक लागेको, हाइपोथर्मिया वा आवश्यक तयारी बिनै हिमाल चढ्न गएपछि उत्पन्न समस्याबारे धेरै फोन आएका थिए । पछिल्लो समय पयर्टकहरूको भिड थेग्न नसकेपछि कयौं देशहरूले शुल्क लगाउने वा आगन्तुकको संख्या सीमा तोक्ने लगायतका घोषणाहरू गरिरहेका छन् । सन् २०२३ को सिजनमा आरोहणका क्रममा धेरै आरोहीको मृत्यु भएपछि माउन्ट फुजी चढ्न दिइएको अनुमतिबारे प्रश्न उठिरहेको छ ।
 

१ महिना अगाडि

प्रतिक्रिया