नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार फागुन ३० गतेदेखि सुरू

बुधबार, २३ फागुन २०८०, १२ : ०६

काठमाडौँ - नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार फागुन ३० गतेदेखि सुरू हुने भएको छ। दुवै कम्पनीहरू एक आपसमा मर्ज भएर नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाुको नामबाट एकीकृत कारोबार सुरू हुन लागेको हो

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले फागुन २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते अन्तिम स्वीकृति दिइसकेका छन्। दुइटै कम्पनीहरूको गत वैशाख १० गते छुट्टाछुट्टै सम्पन्न विशेष साधारण सभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरिसकेका छन्। यस्तै, धितोपत्र बोर्डले पनि कात्तिक २४ गते मर्जरका लागि स्वीकृति दिएको छ। दुवै कम्पनी सेयर स्वाप रेसियो १स्१ हुने गरी मर्जरमा जान लागेका हुन्। यसर्थ नेरुडे वा मिर्मिरे लघुवित्तको एक कित्ता सेयर हुनेको मर्जरपछि बन्ने कम्पनीको एक कित्ता नै सेयर हुनेछ। मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं ८ काभ्रेपलाञ्चोकमा रहने बताइएको छ। यस्तै, डाटा माइग्रेसन प्रक्रियाका लागि दुवै कम्पनीका सबै सेवाहरू फागुन २९ गते बन्द हुनेछ।
 

बुधबार, २३ फागुन २०८०, १२ : ०६

प्रतिक्रिया