सेयर बजारमा सुधार, कारोबार रकम कति ?

बुधबार, २३ फागुन २०८०, १५ : २१

काठमाडौँ- साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । बुधबार बजार ९.३३ अंकले बढेर २०१७ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको ३०८ कम्पनीको ९१ लाख ३८ हजार १५४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड ८ लाख ३८ हजारको कारोबार भएको छ । बजारमा सुधार आउँदा १० उपसूचकमा हरियाली छाएको छ ।

उक्त दिन मोलुङ हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ९.७१ प्रतिशतले घटेको हो । त्यसैगरी, ग्लोबल आइएमई ब्यालेन्ड फण्डको ५.५४ प्रतिशत, गुराँस लघुवित्तको ४.५२ प्रतिशत, बिपीडब्लु लघुवित्तको ३.०४ प्रतिशतले सेयर मूल्य घटेको छ ।सेयर बजारमा ९ अंकको बढोत्तरी, ३ अर्ब ४५ करोडको कारोबार

सर्वाधिक कारेबार गर्ने कम्पनीहरु 
आज सबैभन्दा बढी सोनापुर मिनरल्सको सेयर कारोबार भएको छ । आज कम्पनीको ३३ करोड ३७ लाख ७८ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको २७ करोड ८४ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै हिमालयन रिइन्स्योरेन्सको १३ करोड १ लाख १५ हजार रुपैयाँ, घोराही सिमेन्ट इन्डस्ट्रीको १२ करोड ९४ लाख ५८ हजार रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चरको ७ करोड ७१ लाख ९९ हजार रुपैयाँको कारोबार भएको हो ।

एक कम्पनीको सेयरमा सकारात्मक सर्किट 

आज दोल्ती पावर कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, स्वरोजगार लघुवित्तको ८.७० प्रतिशत, जोशी हाइड्रोपावरको ८.६७ प्रतिशत, गुर्खाज फाइनान्सको ८.०९ प्रतिशत, सिवाइसी नेपाल लघुवित्तको ८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

बुधबार, २३ फागुन २०८०, १५ : २१

प्रतिक्रिया