बलात्कृत छोरीले आत्महत्या गरेपछि पिताले पनि आत्महत्या

१ महिना अगाडि


काठमाडौँ -  केही दिनअघि उत्तर प्रदेशको हमिरपुरमा बस्ने दुई आफन्त पर्ने दिदीबहिनीमाथि कानपुरस्थित इँटा भट्टामा सामूहिक बलात्कारको घटना सार्वजनिक भएको थियो । घटनापछि दुई जनाले आत्महत्या गरेका थिए ।


अहिले दुईमध्ये एक पीडितका बुवाले समेत आत्महत्या गरेका छन् । इँटा भट्टाका मालिकले पीडित परिवारलाई सहमतिका लागि दबाब दिएको आरोप छ । अहिले प्रहरी घटनाको अनुसन्धानमा जुटेका छन् । भारतीय मिडियाका अनुसार हमिरपुरको सिलोसर थाना क्षेत्रमा बस्ने एक परिवार कानपुरको घाटमपुरमा बसेर इँटा भट्टामा काम गर्थे । उनीहरूका छोरीहरूको बलात्कार गरेर भिडियोसमेत बनाइएको थियो । घटनापछि दुवैले आत्महत्या गरेका थिए । प्रहरीले घटनामा संलग्न सबै आरोपितलाई पक्राउ गरिसकेको छ । घटनापछि इँटा भट्टाको सञ्चालकले परिवारलाई सहमति पत्रमा हस्ताक्षर गर्नका लागि दबाब दिइरहेका थिए । दबाबबिच पिताले पनि आत्महत्याको बाटो रोजेको बताइएको छ । प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको छ । इँटा भट्टाका ठेकेदार रामस्वरुप, रज्जू र सञ्जूले दुई नाबालिगहरूलाई रक्सी खुवाएर बलात्कार गरेका थिए । घटनाको भिडियो बनाएर उनीहरूले ब्ल्याकमेलिङसमेत सुरु गरेका थिए । यसबाट आहत भएर दुई जनाले २९ फेब्रुअरीमा आत्महत्या गरेका थिए ।
 

१ महिना अगाडि

प्रतिक्रिया