भारत र युरोपेली इएफटिएबीच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर

१ महिना अगाडि

काठमाडौँ - भारत र नर्वे तथा स्विट्जरल्यान्ड सहित चार सदस्यीय युरोपेली ब्लक इएफटिएले लगानी र निर्यात प्रवर्द्धन गर्नका लागि आइतबार एक सय अर्ब डलरको स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । 
 


भारतका व्यापार मन्त्री पियुष गोयलले उक्त सम्झौता अन्तर्गत आइसल्यान्ड र लिक्टन्स्टाइन सहित गैर–युरोपेली सङ्घ मुलुकबाट बनेको युरोपेली स्वतन्त्र व्यापार सङ्घ (इएफटिए) विश्वको पाँचौँ सबैभन्दा ठूलो अर्थतन्त्रले भारतमा १५ वर्षमा एक सय अर्ब डलरको लगानी गर्ने जानकारी दिए छन् । “भारत–इएफटिए व्यापार र आर्थिक साझेदारी सम्झौता (टिइपिए) हाम्रो बढ्दो साझेदारीमा कोसेढुङ्गा हो”, दिल्लीमा हस्ताक्षर गरेपछि मन्त्री गोयलले भनेका छन् । उनले सम्झौताले निर्यात र लगानी प्रवर्द्धन तथा रोजगारी सिर्जना गरेर आपसी विकास र समृद्धिको मार्ग प्रशस्त गर्ने बताएका छन् । सोह्र वर्षसम्म लामो वार्ता पछि उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । 
 


हस्ताक्षर समारोहमा उल्लेख गरिएको विज्ञप्ति अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यापार सम्झौता ‘खुला, निष्पक्ष र समता मूलक व्यापारका लागि हाम्रो साझा प्रतिबद्धताको प्रतीक भएको’ बताएका छन् ।“सम्झौताले हामीलाई आफ्नो आर्थिक क्षमताको राम्रो उपयोग गर्न र भारत तथा इएफटिए दुवै राज्यका लागि थप अवसर सिर्जना गर्न अनुमति दिनेछ”, नयाँदिल्लीमा स्विस अर्थमन्त्री गाई पार्मेलिनले भने, “इएफटिए मुलुकहरूलाई एउटा प्रमुख विकास बजार सम्म अनुमति प्राप्त हुनेछ, बदलामा भारतले इएफटिए सँग अधिक विदेशी लगानी आकर्षित गर्नेछ जुन अन्ततः राम्रो रोजगारी वृद्धिमा परिणत हुनेछ ।” इएफटिएको स्थापना आफ्ना सदस्यहरू बीच स्वतन्त्र व्यापार तथा आर्थिक एकीकरणलाई बढाउनका लागि सन् १९६० मा भएको थियो । सन् २०२१ मा यो वस्तुको हिसाबले विश्वको १०औँ सबैभन्दा ठूलो र सेवाका हिसाबले आठौँ सबैभन्दा ठूलो व्यापारी थियो ।  हालैका वर्षहरूमा भारतले अस्ट्रेलिया र संयुक्त अरब इमिरेट्स सँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ । बेलायत सँग लामो समयदेखि छलफल भएको व्यापार सम्झौता पनि अन्तिम चरणमा पुगेको बताइएको छ । 


 

१ महिना अगाडि

प्रतिक्रिया