रास्वपा प्रधानमन्त्रीलाई विश्वासको मत दिनेमा सकारात्मक

मंगलबार, २९ फागुन २०८०, १२ : ४०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

आज बसेको संसदीय दलको बैठकले सबैलाई संसदमा अनिवार्य उपस्थित भएर विश्वासको मत दिन ह्विप जारी गरेको हो ।

रास्वापाका २१ जना सांसद रहेका छन् । ती मध्ये अहिले ४ जना मन्त्री छन् । प्रधानमन्त्रीले बुधवार विश्वासको मत लिने तयारी गरेका छन् । यता नेपाली कांग्रेसले भने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

मंगलबार, २९ फागुन २०८०, १२ : ४०

प्रतिक्रिया