बृहस्पति ग्रहमा रहेको ‘ग्रेट रेड स्पट’ को तस्बिर सार्वजनिक

१ महिना अगाडि

काठमाडौँ- अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बृहस्पति ग्रहमा रहेको ‘ग्रेट रेड स्पट’ को तस्बिर सार्वजनिक गरेको छ । यो ग्रेट रेड स्पटको तस्बिर नासाको अन्तरिक्ष यान जुनोले खिचेको हो ।

ग्रेट रेड स्पट एक आँधी हो जुन पृथ्वीको दोब्बर आकारको छ र ३५० वर्ष भन्दा बढीदेखि अस्तित्वमा रहेको छ। इन्स्टाग्राम अकाउन्टमा यो तस्बिर सेयर गर्दै नासाले लेखेको छ, ‘हाम्रो अन्तरिक्ष यान जुनोले बृहस्पतिको ग्रेट रेड स्पटको यो तस्बिर करिब ८,६४८ माइल (१३,९१७ किलोमिटर) टाढाबाट लिएको छ।’

नासाले यो आँधीको आकार घट्दै गएको र यसको कुल उचाइ एक आठौँ र चौडाइ पनि एक तिहाइले घटेको जनाएको छ ।

-बीबीसी

१ महिना अगाडि

प्रतिक्रिया