बेलायती अर्थतन्त्रमा सुधार

१ महिना अगाडि

काठमाडौँ जनवरीमा बेलायतको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) ०.२ प्रतिशतले बढेको छ । बुधवार त्यहाँको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस)ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जीडीपी बढेको हो । निर्माण क्षेत्रको उत्पादन अपेक्षा गरिएभन्दा धेरैले बढेपछि बेलायतको अर्थतन्त्र वृद्धितर्फ मोडिएको हो ।

 

वृद्धिको यो आकार अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको जनमत सर्वेक्षणमा संलग्न भएका अर्थशास्त्रीहरूले बताएकै हाराहारी हो । डिसेम्बरमा अर्थतन्त्र ०. १ प्रतिशतले खुम्चिएको थियो । गएको वर्षको उत्तरार्द्धमा बेलायती अर्थतन्त्र मन्दीमा गएको थियो । ओएनएसका अनुसार समीक्षा अवधिमा निर्माण क्षेत्रको उत्पादन १ .१ प्रतिशतले बढेको थियो । जनवरी महिनामा बढेको भए पनि जनवरीसम्मको तीन महिनामा भने आर्थिक वृद्धिदर ०..१ प्रतिशतले घटेको अनुमान गरिएको छ । एक वर्ष अघिको सोही अवधिको तुलनामा अर्थतन्त्र ०.३ प्रतिशतले खुम्चिएको बताइएको छ । कोभिडको महामारीबाट शुरुआती पुनःबहालीयता नै बेलायतको अर्थतन्त्र सुस्त रहेको छ । रुसले युक्रेनमा गरेको आक्रमणपछि इन्धन आयातको महसुलमा भएको वृद्धि र केन्द्रीय बैंक ‘बैंक अफ इङ्गल्यान्ड’ले ब्याजदरमा गरेको वृद्धिका कारण आर्थिक गतिविधि सुस्ताएको छ ।

१ महिना अगाडि

प्रतिक्रिया