काठमाडौँ - ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले आज काठमाडौंमा आयोजना गरेको ‘अन्तरक्रिया कार्यक्रम’मा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथा भएको प्रदेशले कोशीले अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाउने बताए ।
सरकार र व्यवसायी एक सिक्काका दुई पाटो भएकाले व्यवसायीको समस्यामा सहजीकरण गर्न प्रदेश सरकारले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे । ‘व्यवसायीलाई संरक्षण गरे मात्र उनीहरुले तिरेको करबाट सरकार सञ्चालन हुन सक्छ। ‘कोशी प्रदेशको पर्यटन क्षेत्रको विकास गर्न तथा भारतीय पर्यटकलाई जोड्नका लागि प्रदेशले काम गरिरहेको छ । दरभंगा, सिक्किम, पटनालगायत क्षेत्रका पर्यटकलाई कोशीमा भित्र्याउन हामी लागिरेहका छौँ,’ मुख्यमन्त्रीले भने 'कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले प्रदेशको पर्यटन विकासका लागि सरकारले काम गरिरहेको बताए । ‘
हामीले प्रदेशमा भएका पर्यटकीय सम्भावनाको खोजी गरिरहेका छौँ । यसको संरक्षण र प्रवद्र्धनमा प्रदेश सरकार योजनासहित काम गर्नेछ,’ उनले भने । टानका अध्यक्ष नीलहरि बास्तोलाले स्थानीय सरकारले जथाभावी मोटरबाटो खन्दा पदमार्गहरु मासिँदै गएको भन्दै चिन्ता व्यक्त गरे । विदेशी पर्यटकलाई सही सूचना दिनका लागि पदयात्रा सूचना प्रणाली ९टिम्स०लाई कार्यान्वयन गर्न सबै लाग्नुपर्नेमा उनले जोड दिए । गैरआवासीय नेपाली संघ ९एनआरएनए०का उपाध्यक्ष रोजिना प्रधान राईले सगरमाथा दिवसलाई विश्वभर चिनाउनका लागि एनआरएनएले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । पर्यटन बोर्डका वरिष्ठ निर्देशक मणिराज लामिछानेले अन्तरराष्ट्रियस्तरमा नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि बोर्डले काम गरिरहेको उल्लेख गरे ।
प्रतिक्रिया