रुसी राष्ट्रपति निर्वाचनमा पोखरा र काठमाण्डूबाट पनि मतदान

१ महिना अगाडि

रुसमा राष्ट्रपति निर्वाचन गर्न शुक्रवार सुरु भएको निर्वाचनमा नेपालमा रहेका रुसी नागरिकले पनि हिजैदेखि मतदान गरेका छन्।

नेपालमा रहेका रुसी कर्मचारी र घुम्न आएका रुसी पर्यटकले समेत राष्ट्रपति पदका उम्मेदवारलाई मतदान गरेका हुन्।

शुक्रवार पोखरास्थित मतदान केन्द्रमा १३ जनाले मतदान गरेका छन् भने आइतवार काठमाण्डूस्थित रुसी दूतावासमा मतदान हुने दूतावासले जनाएको छ।

नेपालमा करिब २०० जना रुसी नागरिक दीर्घकालीन रूपमा बसोबास गरिरहेको रुसी दूतावासका प्रतिनिधिले बताएका छन्।

वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनसहित चार जना राष्ट्रपतीका लागि चुनावी मैदानमा छन्।
(बिबिसी)

१ महिना अगाडि

प्रतिक्रिया