३९ प्रतिशत परिवार बैंक तथा वित्तीय पहुँच बाहिर

१ महिना अगाडि

काठमाडौं - नेपालमा अझै पनि ३९ प्रतिशत परिवार बैंक तथा वित्तीय सेवाको पहुँच बाहिर रहेका छन् । कुल जनसङ्ख्या २,९१ ,६४,५७८ रहेको छ । यसमध्ये २५.६ प्रतिशत जनसङ्ख्याको कुनै न कुनै बैंक वा वित्तीय संस्थामा खाता रहेको देखिन्छ । त्यस्तै कुल पुरुषको सङ्ख्या मध्ये २६.४ प्रतिशत र कुल महिलाको सङ्ख्यामध्ये २४.७ प्रतिशतको बैंक वा वित्तीय संस्थामा खाता रहेको देखिन्छ ।  

जनगणना २०७८ का अनुसार एक चौथाइ भन्दा केही बढी ९२५.६४० परिवारले बैंक, सहकारी संस्था वा वित्तीय संस्थाबाट ऋण लिएको देखिएको छ । प्रदेश अनुसार ऋण लिने परिवारको सङ्ख्या सबैभन्दा बढी मधेस प्रदेशमा (२८.९ प्रतिशत), त्यसपछि लुम्बिनी प्रदेशमा (२७.० प्रतिशत) र सबैभन्दा कम कर्णाली प्रदेशमा (२२.२ प्रतिशत) देखिएको छ ।बैंक वा वित्तीय संस्थामा परिवारका सदस्यको नाममा खाता भएको आधारमा बागमती र गण्डकी प्रदेशका करिब ७२ प्रतिशत परिवार बैंक वा वित्तीय सेवा र कारोबारको पहुँचमा भएको देखिन्छ । यो सङ्ख्या लुम्बिनीमा ६२ प्रतिशत तथा कोशी र कर्णाली प्रदेशमा समान ५५ प्रतिशत रहेको छ ।  

बैंक तथा वित्तीय निकायमा परिवार र परिवार सदस्यको पहुँचसम्बन्धी जनगणना २०७८ मा संकलनमा गरिएको विवरण अनुसार नेपालका कुल परिवार (संस्थागत परिवार बाहेक) सङ्ख्या मध्ये ६१.४ प्रतिशत परिवारमा कम्तीमा एक जना सदस्यको नाममा बैंक तथा वा वित्तीय संस्थामा खाता रहेको देखिन्छ । तर, अझै पनि करिब ३९ प्रतिशत परिवारमा कुनै पनि सदस्यको नाममा बैंक वा वित्तीय संस्थामा खाता नभएको वा ती परिवार बैंक वा वित्तीय सेवाको पहुँचमा नरहेको देखिन्छ । भौगोलिक क्षेत्रका आधारमा पनि बैंक वा वित्तीय संस्थाबाट ऋण लिने परिवारको सङ्ख्या तराई क्षेत्रमा सबैभन्दा बढी (३० प्रतिशत), पहाडी क्षेत्रमा बसोबास गर्ने करिब एक चौथाइ परिवार (२१.५ प्रतिशत) र सबैभन्दा कम हिमाली क्षेत्रमा (१९.२ प्रतिशत) बसोबास गर्ने परिवारले बैंक, सहकारी संस्था वा वित्तीय संस्थाबाट ऋण लिएको देखिन्छ । वित्तीय निकाय वा संस्थाबाट ऋण लिने परिवारहरू गाउँपालिका २३.९ प्रतिशतको तुलनामा नगरपालिका २६.४ प्रतिशतमा बढी देखिएका छन् ।  

 

 
 

१ महिना अगाडि

प्रतिक्रिया