उपनिर्वाचनमा इलाम २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने

आइतबार, ११ चैत्र २०८०, १४ : ५०

काठमाडौँ- नेकपा एमालेले वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेको उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको  उपमहासचिव प्रदीप ज्ञवालीलेले बताए  । उनी एमालेका दिवङ्गत नेता सुवास नेम्वाङका कान्छा छोरा हुन् । हृदयघातबाट सुवासको गएको भदौ २६ गते निधन भएको थियो । 

यस्तै एमाले प्रदेश सभा अन्तर्गत बझाङ १ बाट दामनबाहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

आइतबार, ११ चैत्र २०८०, १४ : ५०

प्रतिक्रिया