नेपालको मुद्रायक सम्पत्तिमा गिरावट

१ महिना अगाडि

काठमाडौं- नेपालको मुद्रायक सम्पत्ति घटेको छ । स्थानीय मुद्रा प्रदाय सम्पत्ति गत असारमा १ खर्ब ४४ अर्ब १३ करोड ६० लाख ४८ हजार ९१३रुपैयाँ थियो । यस्तो सम्पत्ति फागुनसम्म आउँदा १ खर्ब ६ अर्ब ८३ करोड ३६ लाख ६७ हजार १२४ रुपैयाँमा झरेको छ । ३७ अर्ब ३० करोडभन्दा बढीले मुद्रा प्रदाय सम्पत्ति घटेको छ । त्यस्तै, विदेशी मुद्रा प्रदाय सम्पत्ति भने १७ खर्ब ५२ अर्ब ३० करोड ५० लाख ९०  हजार पुगेको छ । यस्तो सम्पत्ति गत असारमा १४ खर्ब ४३ अर्ब ९८ करोड ९६ लाख ४४ हजार ३१ रुपैयाँ रहेको थियो । 
 
 मुद्रा प्रदाय :

कुनै अर्थतन्त्रमा निश्चित समयबिन्दूमा उपलब्ध मुद्राको कार्य गर्न सक्ने सम्पूर्ण तरल सम्पत्तिको योगफललाई नै मुद्रा प्रदाय–मनी सप्लाई० भनिन्छ । यस अन्तर्गत मुख्यतः सर्वसाधारणसँग भएको नगद र बैंक तथा वित्तीय संस्थामा कायम रहेको निक्षेप रहेको हुन्छ । 

त्यसकारण मुद्रा प्रदाय भन्नाले सर्वसाधारणसँग भएको नगद र बैंक तथा वित्तीय संस्थामा कायम भएको निक्षेपको कूल योगफल हो ।  मुद्रा आपूर्ति गणना गर्दा बैंक तथा वित्तीय संस्थामा रहेको कस्तो निक्षेप समावेश गर्ने भन्ने आधारमा मुद्रा प्रदायलाई दुई भागमा विभाजन गरिएको हुन्छ ।

संकुचित मुद्रा प्रदाय :
संकुचित मुद्रा प्रदाय अन्तर्गत सर्वसाधारणसँग भएको नगद र बैंक तथा वित्तीय संस्थामा कायम रहेको चल्ती निक्षेप पर्दछन् । चल्ती निक्षेपमा रहेको रकम सजिलैसँग नगदमा परिणत गर्न सकिने भएकाले मुद्रा आपूर्तिको यो परिभाषालाई सबैभन्दा तरल परिभाषा भनिन्छ । त्यसकारण संकुचित मुद्रा प्रदाय भन्नाले सर्वसाधारणसँग भएको नगद र बैंक तथा वित्तीय संस्थामा कायम भएको चल्ती निक्षेप हो ।

विस्तृत मुद्रा प्रदाय :

विस्तृत मुद्रा प्रदाय अन्तर्गत सर्वसाधारणसँग भएको नगद, बैंक तथा वित्तीय संस्थामा कायम रहेको चल्ती निक्षेप, वचत निक्षेप, मुद्दति निक्षेप तथा कूल निक्षेप पर्दछन् । मुद्दति निक्षेपमा रहेको रकम सजिलैसँग नगदमा परिणत गर्न नसकिने भएकाले मुद्रा आपूर्तिको यो परिभाषालाई कम तरल परिभाषा भनिन्छ । 

त्यसकारण विस्तृत मुद्रा प्रदाय भन्नाले सर्वसाधारणसँग भएको नगद, बैंक तथा वित्तीय संस्थामा कायम रहेको चल्ती निक्षेप, बैंक तथा वित्तीय संस्थामा कायम रहेको आवधिक निक्षेपको कूल योग हो । नेपालमा आवधिक निक्षेप भित्र बैंक तथा वित्तीय संस्थामा कायम भएको बचत निक्षेप, मुद्दति निक्षेप र कूल निक्षेप समावेश गरिएको हुन्छ ।

१ महिना अगाडि

प्रतिक्रिया