साताको शेयर समिक्षा, लगानीकर्तामा देखिएन उत्साह, चालिएन सुधारका कदम

पुँजी बजारमा ठूला लगानीकर्तालाई कस्ने नीति लागू गरिएको छ । अहिले व्यक्तिले अधिकतम १५ करोड र संस्थाले २० करोडसम्म मात्र शेयर धितो कर्जा लिन पाउँछन् ।

१ हप्ता अगाडि

काठमाडाै- साताभरीको शेयर कारोबारलाई विश्लेषण हेर्दा शेयर लगानीकर्तामा उत्साह देखिएको छैन । यो साताभरीमा चारदिन मात्र कारोबार भएको छ । मंगलबार सार्वजनिक बिदा भएकाले चार दिन मात्र कारोबार भएको हो । यस साता नेप्से परिसूचक ६.२१ अंक (०.३१%) घटेर १९६५.९३ मा बन्द भएको छ । अघिल्लो साताको तुलनामा २.६२ प्रतिशतले घटेर गत साता परिसूचक १९७२.१४ मा बन्द भएको थियो । यो साता परिसूचक १९९२ दशमलव ५५ सम्म उच्च र १९५३ दशमलव ३७ बिन्दुमा गएर ३९ दशमलव १८ अंकको अस्थिरता देखिएको छ । अघिल्लो साता परिसूचकले ६४.४१ अंकको अस्थिरता देखाएको थियो ।

कारोबार रकम घट्यो

यो साता अघिल्लो साताका शेयर कारोबारको तुलनामा ८ प्रतिशतले घटेको छ । साताभरीमा ९ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको छ भने अघिल्लो साता १० अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो । औसत कारोबार  २ अर्ब ३० करोड रुपैयाँ रहेको थियो भने अघिल्लो साता २ अर्ब ५१ रुपैयाँको कारोबार रहेको थियो। त्यस्तै लगानीकर्ताले  चारदिनमा ९ अर्ब रुपैयाँ गुमाएका छन् । अघिल्लो साता ३१ खर्ब २७ अर्ब रुपैयाँ रहेको थियो यो साता  घटेर ३१ खर्ब १७ अर्ब रुपैयाँमा आइपुगेको छ । कारोबारमा आइपुगेको १३ वटा समूहको सूचकको तुलनामा  फाइनान्स समूह, उत्पादनमूल समूह, निर्जीबन बीमा समूहका कम्पनीमा लगानीकर्ताहरुले सामान्य नाफा आर्जन गरेका छन् । फाइनान्स ७८ प्रतिशत, ४९ प्रतिशत, र १६ प्रतिशतले बढेको छ ।
पोखरा फाइनान्स लिमिटेडको सबैभन्दा धेरै नाफा भएको छ। ९०  अर्थात् १७.३१%ले बढेको छ । त्यस्तै सबैभन्दा धेरै नोक्सान बेहोर्ने कम्पनीमा  एनआईसी एशिया बैंक लिमिटेड  को मूल्य ले घटेको छ र यसका३४८.५०ले घटेको हो । १९ सयको लाइनमा झरेपछि नेप्से साइडवेजमा गएको छ । सूचकसहित कारोबार रकम पनिकै सुस्त छ । बजारमा उत्साह खासै देखिएको छैन । वर्षौंदेखि ओरालो लागेको बजार उकास्न नयाँ नीतिगत परिवर्तन हुनुपर्ने देखिएको छ । आम लगानीकर्ताको मनोबल उच्च नभई अब बजारले गति नलिने जानकारहरुले बताइरहेका छन् । यतिबेला आम लगानीकर्तामा सेयर खरिदबिक्रीमा समेत उत्साह देखिएको छैन ।

पछिल्ला दिनमा अझ उतारचढाव कम भएकाले पनि क्रेता र बिक्रेता दुवै पक्षमा आकर्षण कम देखिएको हो । अब कसिएका नीति–नियमहरु खुकुलो बनाएपछि मात्र आम लगानीकर्ताको मनोबल बड्ने र यसबाट मात्र शेयर बजार सुधार गर्न सकिने विश्लेषणहरु सार्वजनिक भइरहेका छन् । ब्याजदर घट्दा शेयर बजार बढ्ने सामान्य सिद्धान्त र मान्यताविपरीतको प्रतिक्रिया यसपटक नेप्सेले दिइरहेको छ । विगत ६ महिनायता लगातारजसो ब्याजदर घटेको छ । बैंकिङ प्रणालीमा तरलता छेलोखेलोको अवस्था छ । यति हुँदा पनि बजारले गति लिने कुनै संकेत देखिएको छैन । यी सबैको पछाडि नीतिगत अवरोधलाई प्रमुख कारण मानिएको छ । यसबाहेक आर्थिक मन्दी, लगानीकर्ताको क्रय क्षमतामा ह्रासलगायतका कारण पनि उत्तिकै प्रमुख मानिएका छन् ।अधिकांश पुराना लगानीकर्तामा थप क्रय क्षमता देखिएको छैन ।

nepse chart

कर्जा लिनेहरु समयमा साँवा–ब्याज भुक्तानी नगर्दा खराब कर्जा अनुपात बढेको छ । यसले पनि सूचीकृत कम्पनीहरुको मुनाफामा असर गरेको हो । पुँजी बजारमा ठूला लगानीकर्तालाई कस्ने नीति लागू गरिएको छ । अहिले व्यक्तिले अधिकतम १५ करोड र संस्थाले २० करोडसम्म मात्र शेयर धितो कर्जा लिन पाउँछन् । 

यी कारणहरुले गर्दा ठूला लगानीकर्ताले खुलेर सेयर बजारमा लगानी गर्न पाएका छैनन ।बढाइरहेको छ । बैंकहरुले शेयर बजारमा अल्पकालीन लगानी गर्न पाएका छैनन् । अहिले ५० लाख रुपैयाँभन्दा माथिको शेयर धितो कर्जामा १२५ प्रतिशत जोखिमभार रहेको छ । शेयर धितो कर्जामा सीमा तोकिएको छ । यी कुराहरुले सेयर बजारमा लामो समयदेखि असर गर्दै आएको छ । पछिल्लो समय अर्थमन्त्री पुनले ब्रोकर कमिसन घटाएर लैजाने विषयमा  सकारात्मक छन् ।  आगामी दिनमा लगानीकर्तामा केही उत्साह थप्न सकिने  अनुमान गर्नसकिन्छ ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया