आज ११ बजे दुई संसदीय समितिको बैठक बस्दै

बुधबार, १४ चैत्र २०८०, ०९ : ५४

काठमाडौँ- आज दुई वटा संसदीय समितिको बैठक बस्ने समय निर्धारण भएको छ। जसअनुसार बिहान ११ बजे सिंहदरबारमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ।

उक्त बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ। त्यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि सोही समय अर्थात् बिहान ११ बजे बस्दै छ। बैठकमा समितिको कार्यक्षेत्र र कार्य योजना सम्बन्धमा छलफल हुने जनाइएको छ।

 

बुधबार, १४ चैत्र २०८०, ०९ : ५४

प्रतिक्रिया