काठमाडौं – नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीको छानबिन नसकिएसम्म पद छोड्नुपर्ने बताएका छन । राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री लामिछानेकै अगाडि बडुले सो माग गरेका हुन । साथै उनले सांसद विनोद चौधरीमाथि छानबिन गरिरहेको भनेर सभामुख देवराज घिमिरेलाई पत्र लेख्नुको कारण मागेका छन्।
सांसद बडूले संविधानमा फौजदारी कसुरमा अनुसन्धानका लागि सांसदलाई पक्राउ गर्दा मात्रै सभामुखलाई जानकारी दिने संवैधानिक व्यवस्था रहेको स्मरण गराए।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सभामुख घिमिरेलाई पत्र लेखेर बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको विषयमा सांसद चौधरीबारे अनुसन्धान भइरहेको बताएको थियो। त्यसलगत्तै चौधरीले सरकारी वकिलको कार्यालयमा पुगेर बयान दिएका थिए। सांसद बडुले नियामावलीमा कतै व्यवस्था नभएकोमा पत्र लेखेर आतंकित बनाउन खोजेको आरोप लगाए ।
प्रतिक्रिया