प्रसाईंले कानुनले दिएको भन्दा बढी अधिकार प्रयोग गरे : गृहमन्त्री

१ महिना अगाडि

काठमाडौँ - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो नाम बाहेक केहि नभएको बताएका छन् । 

बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम मात्र उल्लेख रहेको तर त्यसबाहेक केहि नभएको बताएका छन् । उनले यो विषयमा अदालतमा समेत मुद्धा दर्ता भएको आफुले सुनेको र त्यसमा आफ्नो नाम नरहेको बताएका छन् ।गृहमन्त्री लामिछानेले यो विषयमा जहाँ प्रश्न उठ्छ त्यहि उत्तर दिने बताउदै आफुमाथि उठेका प्रश्नको जवाफ दिने बताएका छन् ।  समितिमा लामिछानेले आफुले कुनै किसिमको राजनीतिक पूर्वाग्रह नराखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले दुर्गा प्रसाईले हतियार बोकेको विषय कानुनले दिएको भन्दा बढी अधिकार प्रयोग गरेको पाइएको बताउँदै यस विषयमा मन्त्रालयले अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।
 

१ महिना अगाडि

प्रतिक्रिया