माओवादी किन कर्णाली छोड्न चाहँदैन ?

१ महिना अगाडि

काठमाडौँ – प्रदेशको भागबण्डा चलिरहेको बेला माओवादी केन्द्रले कर्णाली प्रदेशको नेतृत्व कुनै पनि हालतमा छोड्न नहुने दाबी गरिरहेको छ । कर्णाली माओवादी विद्रोहको केन्द्र रहेको र अहिले पनि अन्य क्षेत्रभन्दा राम्रो जनाधार भएकोले यहाँको नेतृत्व नछोड्न पार्टी केन्द्रलाई दबाब दिएको बताइन्छ । पार्टीको पदाधिकारी बैठकमा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले तीनवटा आधारमा कर्णाली प्रदेश माओवादीले छोड्न नमिल्ने बताएका छन् । 
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कर्णाली नछाड्न ध्यानाकर्षण गराएको एक पदाधिकारीले आजको अर्थलाई बताए । 

ती पदाधिकारकिा अनुसार नेता शर्माले तीन वटा आधारमा कर्णाली प्रदेश माओवादीले छाड्न नमिल्ने  र छोडेमा समस्या आउने तर्क गरेका छन् ।,
‘कर्णाली प्रदेश नछाड्न उहाँले तीन आधार दिनुभयो । पहिलो माओवादीको जनाधार भएको, बढी सिट जितेको र अहिलेका मुख्यमन्त्रीलाई निरन्तरता दिने गरी अध्यक्षको ध्यानाकर्षण गराउनुभयो । यी आधारमा छोड्न मिल्दैन । नछोड्नुहोला भन्नुभयो । माओवादी बलियो भनेको कर्णाली प्रदेश हो । बढी प्रतिशत जितेको पनि हो । प्रदेशमा दोस्रो ठुलो पार्टी माओवादी छ । छोडेमा समस्या हुन्छ’, उनको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले बताए । 

१ महिना अगाडि

प्रतिक्रिया