अधिवेशन उदघाटन गर्न अध्यक्ष ओली झापामा

१ महिना अगाडि

काठमाडौँ - नेकपा (एमाले) झापाको विहीबारदेखि झापाको बिर्तामोडमा सुरु हुने ११ औ अधिवेसन उद्घाटनका लागि एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बुधबार गृह जिल्ला झापा  पुगेका छन् । 

एमाले झापा जिल्ला अध्यक्ष दिपक कार्कीका अनुसार अधिवेसनको तयारी पुरा भएको छ । पार्टी अध्यक्ष ओलीसहित अन्य पदाधिकारी पनि झापा आउनेक्रम सुरु भएको उनले जानकारी दिए । पालिकाबाट ४३० जना, जनसङ्गठनबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकार २५ जना, सम्पर्क मञ्चबाट ५ जना र आयोजक १६९ जना, मनोनित प्रतिनिधि ३८ जनागरी ७८६ जनाले अधिवेशनमा सहभागिता जनाउने कार्कीले बताए ।अधिवेशनको उद्घाटन समारोहमा  जीवनका अनेकन कालखण्डमा भूमिका खेल्ने नेतृत्वहरू, सामाजिक, सांस्कृतिक, कृषि, खेलकुद, गीत सङ्गीतका क्षेत्रमा योगदान गरेका ब्यक्तिलाई सम्मान गरिने तयारी रहेको पनि उनले बताए ।  अध्यक्षका लागि वर्तमान उपाध्यक्ष प्रेम गिरी र सचिव शिव ढुंगेल आकांक्षी देखिएको कार्यकर्ताहरुको भनाइ छ । सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको पनि कार्कीले जानकारी दिए ।

१ महिना अगाडि

प्रतिक्रिया