के को लागि बनेको हो समाजवादी मोर्चा ?

४ हप्ता अगाडि

काठमाडौं – उपनिर्वाचनमा समाजवादी मोर्चाका चारै दलले दुवै क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेका छन् । साझा मुद्धाहरुमा एकतावद्ध भएर अघि बढ्ने उद्घोषका साथ मोर्चा बनाएका दलहरु निर्वाचनमा भने एक्लाएक्लै भिड्न थालेका छन् ।  

इलाम र बझाङमा हुने उपनिर्वाचनमा समाजवादी मोर्चाका चार दल चारतिर फर्किएका छन् । माओवादीले दुवै क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । एकीकृत समाजवादीले उम्मेदवारलाई टिकट दिएर पठाइसकेको छ भने जसपा पहिचानवादीसँग संवादमा छ । मोर्चाको संयोजन गरिरहेको नेकपा उम्मेदवार उठाउने कि मोर्चामा आबद्ध दलका उम्मेदवारलाई समर्थन गरेर जाने भन्ने निर्णयमा पुगिसकेको छैन ।

माओवादी इलामले केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज धीरेन्द्र शर्मा, प्रदेश कमिटी सदस्यहरू उर्मिला तामाङ, कुमार बराइली र ओम गुरुङको नाम प्रदेशलाई सिफारिस गरेको छ । उक्त नाम प्रदेश हुँदै केन्द्रमा आउनेछ । 
मोर्चा सम्बद्ध दलहरुको यस प्रकारको निर्णयले मार्चा नै किन बनेको होला भन्ने प्रश्न उठेको छ । कतै कांग्रेसलाई दवावमा राख्नको लागि मात्र त मोर्चा बनेको हैन भन्ने प्रश्नलाई बल पुर्याएको छ ।   
 

४ हप्ता अगाडि

प्रतिक्रिया